Breaking News
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
गण्डकी, जेठ२८ गते । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र […]
अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक
विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण […]
प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी […]
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय […]
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अन्नपूर्णमा ११ योजना सम्पन्न
विकल्प न्यूज/बेनी जेठ २४ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रम मार्फत संचालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ । चालु आर्थिक वर्षमा उक्त योजनाहरु संचालन गर्नका लागि गाउँपालिकालाई […]
खवरामा केराको थामबाट फाइवर, धागो र कम्पोष्ट मल
विकल्प न्यूज\बेनी जेठ २३ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट प्रविधि सम्बन्धी तालिम प्रदान […]
बेनी–मुना–जलजला–ढोरपाटन सडकमा एक अर्बको नयाँ आयोजना
बेनी, २१ जेठ ः पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१\०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो […]
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
म्याग्दी, जेठ २१ गते । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो […]
कुडुले–पञ्चकोट सडक कालोपत्र भएपछि स्थानीय खुसी
ठाकुरप्रसाद आचार्य जेठ २० गते । बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित भएका छन् । बागलुङ नगरपालिका देखि काठेखोलाका वस्ती हुँदै कालिगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग सँग जोड्ने गरी क्षेत्रीय रिङरोडको परिकल्पना गरेर […]
अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
म्याग्दी, जेठ २० गते । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल […]
चालीस लाख खर्चेर रघुगंगाको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी, जेठ २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित […]
रघुगंगा ३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण
विकल्प न्यूज/बेनी जेठ १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ नम्बर वडा कार्यालयले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर ९मिनिटेलर हलो० वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ बार्षिक स्विकृत कार्यक्रम अन्तरगत ३८ जना कृषकहरुलाई अनुदानमा हाते […]
म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना […]
प्रथम म्याग्दी यूवा कपकाे विहिबार फाईनल खेल
विकल्प न्युज / बेनी जेठ १६ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बौद्धिकालीे फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका […]
म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृति
जेठ १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रूपमा चिनिने भूमे पूजामा भूमे […]