Breaking News

म्याग्दीमा पहिरो ः राहत,पुनर्निर्माण र पुनस्र्थापना मुख्य चुनौती

हरिकृष्ण श्रेष्ठ /विकल्प न्यूज साउन १३ गते ।       मराङ/ म्याग्दी जिल्ला जल उत्पन्न प्रकोपका हिसाबले देशकैं संकटाभिमुख जिल्लामा पर्ने र पछिल्ला केही वर्ष यतादेखि जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले गर्ने मौसमी भविष्यवाणी लगभग मिल्न गएको सन्दर्भमा सो महाशाखाले असार २४ गतेदेखि गण्डकी प्रदेश लगायत देशका धेरै भागमा भारी वर्षाको सम्भवाना […]

पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

१३ साउन, बलेवा । प्रतिकात्मक तस्विर बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको […]

भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा

विकल्प न्यूज/बेनी साउन १२ गते ।  गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा छन् । गाउँमा […]

मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)

ठाकुरप्रसाद आचार्य/मराङ साउन ११ गते ।   गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई समाएर भाग्यौं ।’ […]

बागलुङको निरयघाटमा भिषण पहिरो ः टिपर र ट्याक्टर चालक बेपत्ता

विकल्प न्यूज/बागलुङ साउन ११ गते । बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती भिषण पहिरो गएको छ । पहिरो मा परेर स्काभेटर, टिपर र ट्याक्टर पुरीएका छन् । छन् । राती साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी […]

पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी साउन ९ गते ।  म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन […]

नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ७ गते ।    बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]

मालढुङ्गा–बेनी सडकको ठाउँठाउँमा पहिरो,सडक अवरुद्ध ( फोटो/भिडियो सहित)

विकल्प न्यूज/जलजला साउन ७ गते ।  बुधबार साँझ परेको अविरल वर्षाका कारण मालढुङ्गा – बेनी सडकको मिलनचोक देखि लस्ती सम्मको विभिन्न भागहरुमा पहिराले सडक अवरुद्ध पारेको छ । जलजला गाउँपालिकाको मिलनचोक देखि केराबारी सम्म चार स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको मिलनचोकका स्थानीयवासी बावुराम काकीले बताउनुभयो । बुधवार साँझ धाइरिङमा ठूलो वर्षा भएको थियो […]

कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)

विकल्प न्यूज/बेनी साउन ६ गते । सोमबार धौलागिरि रेन्जमा भएको भारी वर्षाका कारण कालिगण्डकीमा आएको बाढीले बेनीको कालिपुल स्थित वसपार्क कटान गर्न थालेको छ । नदीमा पानीको सतह वढेपछि कालिपुल स्थित पेट्रोलपम्प नजिक नदी किनारमा लगाइएको ग्याविन जाली भत्कीन थालेको छ । जाली भत्किन थालेपनि बसपार्क नदी कटानको उच्च जोखिममा परेको छ । यसै गरी […]

रुप्सेमा ठूलो बाढी आयो,पुल र होटल बगायो

विकल्प न्यूज/बेनी साउन ५ गते । रुप्सेमा बाढी आएपछि बढेको कालिगण्डकी । तस्विर सुरेन गुरुङ म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनामा सोमबार ठूलो बाढी आउँदा बेनी जोमसोम सडक खण्डक अन्तर्गत रुप्से खोलामा रहेको पक्की पुल बगाएको छ । प्रारम्भीक जानकारी अनुसार रुप्से झरनामा आएको बाढीले होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको भन्ने […]

म्याग्दीमा एकैदिन १४ जना कोरोना जितेर घर फर्किए (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ५ गते । म्याग्दीमा थप १४ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार आइसोलेशन कक्षबाट विदाई गरिएको हो । कोरोना जित्नेहरुमा सवैजना पुरुष छन् । जिल्लामा अहिले सम्म ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमा ३४ जना निको भएर घरर्फिएका छन् । बेनीको आइसोलेशनमा अहिले ६ जनामात्र छन् । […]

गाउँपालिकाको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले जम्मा गरे एकलाख १० हजार

विकल्प न्यूज/बेनी साउन ४ गते । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाले स्थापना गरेको विपद कोषमा एकलाख १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गत असार २५ गते आएको पहिरोका कारण पीडितहरुको सहयोगका लागि व्यक्तिगत रुपमा अध्यक्ष पुनले ६० हजार र उपाध्यक्ष रेशम छन्त्यालले ५० हजार सहयोग गर्नुभएको हो । अविरल वर्षाका […]

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध (फोटो)

विकल्प /बेनी साउन ४ गते । बेनी जोमसोम सडकको धेरै स्थानमा पहिराले सडक अवरुद्ध बनेको छ । गत असार २५ गते देखि परेको अविरल वर्षाका कारण दानाको काभ्रे भिर,घोप्टे भिर,गुइठे लगायतका स्थानहरुमा पहिरोले सडक बगाउँदा सडक पूर्णरुपमा बन्द भएको छ । सडक खुलाउन नेपाली सेना,बेनी जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले संयुक्त रुपमा काम […]

आजदेखि देशभर भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं :  देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा […]

ऋण तिर्ने भाका २ वर्षसम्म थपियो

२ साउन, काठमाडौं । राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिए । कोभिड-१९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/सञ्चालन हुन […]