Breaking News

प्रजिअ स्वागत थाप्दै हिड्ने,कालिपुलमा सर्वसाधरणलाई सास्ती दिने !

विकल्प न्यूज/बेनी भदौं ३ गते । हालै मात्र काठमाण्डौंबाट सरुवा भएर म्याग्दी आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई यतिखेर विभिन्न संघसंस्थाहरुको स्वागत थाप्न भ्याईनभ्याई छ । स्वागतका लागि कहिले प्रजिअ कार्यालयमा त कहिले संघसंस्थाको कार्यालयमा नवआगन्तुक प्रजिअलाई स्वागत गर्नेहरुको ठूलै भिड देखिन्छ । कोरोनाको महामारी सुरु भएको काठमाण्डौंबाट आउनुभएका प्रजिअ होम क्वारेन्टाइनमा वस्नुपर्ने कि नपर्ने सर्वसाधरणहरुले यतिखेर प्रश्न […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प / बेनी थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा […]

यस्तो देखियो बेनी प्रवेश गर्ने कालिपुल स्थित सीमानाका (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ३ गते । कोरोना भाइरस (कोभिड–१९ ) संभावित जोखिमलाई कम गर्न भन्दै म्याग्दी प्रवेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाँचलाई कडाई पारिएको छ । म्याग्दी प्रवेश गर्ने सवै नाकाहरु मंगलबार राती देखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुल स्थित एउटा मात्र नाकालाई साँझ ७ बजे सम्म खुल्ला राखिने छ । […]

कोरोना संक्रमणका कारण मंगलबार ७ जनाको मृत्यु

२ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो । काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । […]

बेनीमा सम्पन्न सर्वपक्षिय वैठकका यस्ता छन् ७ निर्णयहरु (भिडियो)

विकल्प न्यूज/बेनी भदौं २ गते ।  नव आगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अगुवाईमा बेनीमा मंगलबार सर्वपक्षिय वैठक सम्पन्न भएको छ । प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा, संविधानसभा सदस्य रेशम बानियाँ ,प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु र स्थानीय तहका प्रमुख लगायत सरोकारवाला निकायहरुको संयु्क्त […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले  जानकारी दिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार […]

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ […]

म्याग्दी प्रवेश गर्ने कालिपुल बाहेक सवै नाका सिल गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दीमा कोरोना भाइरस संक्रमणलाई रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु मंंगलबार(आज) राती देखि सिल गर्ने तयारी गरिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना फैलिएकाले म्याग्दीमा पनि जोखिम बढ्न सक्नै भन्दै प्रशासनले सीमानाकाहरु सिल गर्ने निर्णय गरेको हो । जिल्लामा प्रवेश गर्न कालिपुल स्थित नाकाको मात्र प्रयोग गर्न पाइने […]

कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

२ भदौ, बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा […]

अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमै बाख्रापालनमा रमाउँदै किष्ण (भिडियो)

विकल्प न्यूज/बेनी भदौं १ गते । म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमा व्यवसायिक रुपमा बोयर जातका बाख्रापाल्न थाल्नुभएको छ । ४ वर्ष इराकमा विताउनुभएका किष्णले गाउँ फर्किएर बाख्रा पाल्न थाल्नुभएको हो । हेर्नुहोस भिडियो

बेनी अस्पतालमा आइसियु कक्ष

बिकल्प न्यूज /बेनी भदौ १ गतेबेनी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ७९ लाख रुपैयाँको लागतमा बेनी अस्पतालले २ वटा भेन्टिलेटर सहितको ५ शैयाको आइसियु कक्षा स्थापना गरेको हो । आइसियु कक्ष स्थापना भएपछि जटिल प्रकारका विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । जिल्ला […]

सिङ्गाको ऐतिहासिक नाम के थियाे ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्युज साउन ३२ गते । बेनी नगरपालिका अन्तर्गत वडा नं. ४ मा पर्ने एउटा सुन्दर बस्तीको नाम हो– सिङ्गा । सिङ्गा भन्ने नाम एउटा कालखण्डमा अलि बृहद अर्थमा पनि प्रयोग भयो । पर्याप्त खेतियोग्य जमिन रहेको ठाउँ सिङ्गाको नामबाट पञ्चायतको अन्तकालतिर ‘सिङ्गा गाउँ पञ्चायत’को न्वारन भयोे । छयालीस साले राजनीतिक परिवर्तनपछि […]

बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते ।  शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट […]

पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँचजनाको ज्यान गयो,संख्या एकसय पुग्यो

साउन ३०,  काठमाण्डाै –  नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ […]

सुनको भाउ बढोस्, नूनको भाउ नबढोस् !

शान्ति बस्नेत/विकल्प न्यूज साउन ३० गते ।  नून खानालाई स्वादिलो पार्नलाई मात्रै हैन हाम्रो स्वास्थ्यको हिसावले पनि धेरै अपरिहार्य नै मानिन्छ । हरेक खानाहरुमा नुनलाई आवश्यकता अनुसार उपभोग गरिनै रहेका हुन्छौ । नून एउटा रासायनिक यौगिक हो नूनलाई सोडियम क्लोराइड (रासायनिक सुत्र Nacl ) भनिन्छ । नूनले हाम्रो शरीरमा आवश्यकता अनुसार आपूर्ति गर्न सकेन भने मृगौलाले हाम्रो […]