विकल्प न्यूज/बेनी
पुस ३ गते ।
विद्यार्थी नेता स्वाः यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागि हुन आएका अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा अवरोध सिर्जना गरिएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने अनेरास्ववियूका विद्यार्थीहरुले तामाङलाई म्याग्दीमा अवरोध सिर्जना गरेका हुन । होटल याकमा अनेरास्ववियूले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमकम पुगेका जिल्ला संयोजक सुवाष विश्वकर्माको नेतृत्वको समुहले अवरोध सिर्जना गरेको हो । गुटगत भेला र कार्यक्रम गरेको भन्दै विश्वकर्माको समुहले अवरोध गरेको छ ।
‘‘संगठनको निर्णय अनुसार नै सहसंयोजक तामाङ श्रञाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आएको समयमा पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो । कुनै गुटको भेला तथा कार्यक्रम थिएन । उहाँहरु (ओली निकट) एक्कासी आएर अराजगता मच्चाउन खोज्नु भएको हो ।’’ – अनेरास्ववियूका जिल्ला सह संयोजक रेशम कटुवालले भन्नुभयो ।
कार्यक्रममा साथीहरुलाई पनि बोलाएको हौं सहसंयोजक कटुवालले भन्नुभयो ‘कार्यक्रममा नआउने अनि अराजग समुह लिएर विथोल्ने गरी आउने ? अराजक गतिविधिको हामी भण्डाफोर गर्दछौं ।’ अनेरास्ववियू भित्रका केही अराजक समुह आएर नेता माथि जाइलाग्न खोजेको कटुवालले बताउनुभयो । साथीहरुहरुको यो अराजग गतिविधि भयो आगमी दिनमा सुधार्न सुझाव दिन्छु सहसंयोजक कटुवालले भन्नुभयो ।
होटल याकमा दुवै समुह विच झन्डै झडपको अवस्था सिर्जना भएको थियो । ओली निकट विद्यार्थी नेताहरुले प्रचण्ड – माधव नेपाल निकट विद्यार्थीहरुलाई हातहाल्न खोजेका थिए । दुवै समुहका विच ठेलाठेलको अवस्था आएको थियो । विवादले उग्ररुप लिन थालेपछि नेपाल प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको हो ।
यता संयोजक विश्वकर्माले भने गुटगत भेला गर्न खोजेकाले रोक्न आफूहरु होटल याकमा पुगेको बताउनुभयो । केन्द्रिय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अवरोध गरेको उहाँले बताउनुभयो ।
गुटगत र विभाजनकारी गतिविधि हामीलाई स्वीकार्य छैन संयोजक विश्वकर्माले भन्नुभयो ‘एकिकृत अनेरास्वीयू सहितको भेला हाम्रो माग हो । केन्द्रिय नेता आउँदा हामीले भेटघाट गर्न नपाउनु गलत प्रवित्ती भयो यसको विरोध गरेका हौं ।’
विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो । पौडेल तत्कालिन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हुन । शुक्रबार सहसंयोजक तामाङ सहित सहभागि भएर श्रद्धाञ्जली सभा कार्यक्रको आयोजना गर्ने जानकारी पाए लगत्तै ओली निकट विद्यार्थीहरुले विहिवार साँझ नै श्रद्धाञ्जली सभा गरेका थिए ।