Breaking News

कसरी पुग्यो जलजलाको समुदायस्तरमा कोरोना ?

विकल्प न्यूज/जलजला कार्तिक५गते।  पर्वतको जलजला गाउँपालिकाको समुदायस्तरमा कोरोना फैलिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण पुष्टि हुने गरेकोमा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिएको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई ११ दिन अघी कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा आएका र अन्य व्यक्तिहरु गरी ९९ जनाको पिसिआर परिक्षणका लागि गत शनिबार नमुना स्वाव […]

जलजलाको कुन वडामा कति संक्रमित हेर्नुहोस विवरण

विकल्प न्यूज/बेनी कार्तिक ५ गते । बेनी नगरपालिकाको छिमेकी जलजला गाउँपालिका मा बुधवार कोरोना पुष्टि भएका १६ मध्य जलजला गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलन चोक प्रहरी चौकी र बेनी प्रहरी चौकीका प्रहरी १÷१ जना, धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्की १ जना, जलजला वडा नम्बर १ का १ जना, २ का १,माझफाँटका ५ जना, ४ […]

पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक ५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यस अघि कोरोना संक्रमित पुष्टि भएकाहरु सँगको सम्पर्कमा रहेका ९९ जनाको पिसिआर लिएकोमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय […]

म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

विकल्प न्युज/ बेनी कार्तिक ४ गते । म्याग्दीका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको […]

म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]

गण्डकीमा कोरोना संक्रमितको उपचार निःशुल्क

विकल्प न्युज/ पाेखरा कार्तिक ४ गते ।   गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना भाइरस का बिरामीको उपचार निःशुल्क भइरहेको स्पष्ट पारेका हुन्। उनले भने, ‘नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि हटेको छैन।’ उनका अनुसार गण्डकीका […]

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न माग

विकल्प न्युज/ बेनी म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि […]

बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक ३ गते ।  बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो पहिलो केस हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए । असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण […]

समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ

साजन नेपाली वारीबेनी (पर्वत) ३ कार्तिक– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै गुरुङले भाषणको रटानले मात्रै देश समृद्ध नबन्ने बताए । सरकारले बनाएका योजनामा हरेक नागरिकको साथ आवश्यक पर्ने भन्दै गुरुङले […]

गण्डकी प्रदेश सरकारले बाड्यो सांसद र पिएलाई ४१ लाख बढी दशैं भत्ता

विकल्प न्यूज/पोखरा कार्तिक ३ गते । कोरोना महामारीका कारण मुलुक यतिखेर संकटग्रस्त छ । देशको अर्थतन्त्र धरासाही भएको छ । तर गण्डकी प्रदेश सरकारले सांसद र पिएलाई लाखौ रुपियाँ दशै भत्ता बाडेको छ । यस अघि गण्डकी प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म कुनै पनि भत्ता, खाजा खर्च लगायत अतिरिक्त शुल्क नलिने निर्णय गर्‍यो। कोरोना […]

कोरोना संक्रमणका कारण पर्वतमा एक महिलाको मृत्यु

विकल्प न्यूज/पर्वत कार्तिक २ गते ।  कोरोनाका कारण पर्वत जिल्ल्लामा एकजना महिलाको मृत्यु भएको छ । कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ३८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान […]

‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भैरहेको छ । नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण […]

म्याग्दीकाे मंगलामा थप २ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक १ गते । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ ।   

बेनीका काेराेना संक्रमित सम्पर्क विहिन

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका  ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन । बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए । काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे […]

बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक १ गते ।  म्याग्दीको बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । संक्रमित पुरुषको स्वाव पोखरामै लिइएको थियो ।  संक्रमित पुरुषको अन्य विवरणहरु लिने प्रयास गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो […]