ताजा समाचार:
Search

Breaking News

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु

विकल्प न्यूज/बेनी कार्तिक१८गते।  कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार थपिएका संख्या सँगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले मंगलबार जारी गरेको विज्ञप्ती अनुसार पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिलाको १७ गते राती ११ बजे उपचारका क्रममा मृत्यु […]

काेराेनाकाे जाेखिम बढेपछि जलजलामा एकहप्ता लकडाउन

विकल्प न्युज/ जलजला कार्तिक १८ गते ।  काेराेना भईरस संक्रमणकाे जाेखिम बढेपछि पर्वतकाे जलजला गाउँपालिकाले कार्तिक १९ देखि २५ सम्म गाउँपालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेकाे छ । मंगलबार गाउँपालिकामा वसेकाे संकट व्यवस्थापन समितिकाे वैठकले गाउँपालिकाबाट प्रवाह हुने सेवा,वैक तथा वित्तीय संस्था,बजार लगायत सवै बन्द गर्ने निर्णय गरेकाे हाे । […]

नेटवर्किङमा आधारित व्यवसाय गरेर ठगी गर्ने तिनजना पक्राउ

विकल्प न्युज/ बेनी कार्तिक १८ गते । नेटवर्किङ मा आधारित व्यवसाय सञ्चालन गरी ठगि गर्ने तीन जना बिरूद्ध जिल्ला प्रहरी कार्यालयले म्याग्दीले कानुनि कारबाही थालेकाे छ । म्याग्दी,पर्वत र बागलुङ  लगाएतका जिल्लामा भारतिय कम्पनी Oriens Global Marketing Pvt. Ltd. ले भारतमा उत्पादन गर्दै आएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू (Dietary Supplements) नेपालमा ल्याई व्यक्तिहरूलाई राम्रो आम्दानी हुने, सुबिधा […]

बागलुङमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विकल्प न्यूज/बेनी कात्तिक १८ गते । बागलुङमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा असोज १३ गते कोरोना पु्ष्टि भएको थियो । कोरोनाको […]

स्थापना भएको ४ महिनासम्म पनि बेनी अस्पतालको आईसीयू सञ्चालन हुनसकेन किन ?

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक १८ गते ।  म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष(आईसीयू) दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भएको छ । चार महिना अघि २ वटा भेण्टिलेटर सहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो । तर जनशक्ति अभावमा आईसीयू कक्ष उपयोगविहिन बनेको हो । आईसीयू कक्ष सञ्चालन नहुँदा गम्भिर प्रकृतिका कोरोना […]

आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितलाई जलजलाको १० हजार सहयोग

विकल्प न्यूज/जलजला कार्तिक १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले कोरोना संक्रमित भई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा १० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका गम्भिर प्रकृतिका कोरोना संक्रमितहरुको आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा गाउँपालिका तर्फबाट सहयोग पुगोस भनेर उक्त रकम सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन […]

मालढुङ्गा–बेनी सडक स्तरउन्नतीका लागि एक अर्बको टेन्डर आह्वान

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । कालिगण्डकी कोरीडोर आयोजना अन्तर्गत मालढुङ्गा बेनी सडक खण्डको स्तरउन्नतीका लागि करिब एक अर्बको टेन्डर आह्वान गरिएको छ । आइतबार राष्ट्रिय पत्रिका मार्फत टेन्डर आह्वान गरिएको हो । कोरीडोर अन्तर्गत पर्ने १४ किलोमिटरे सडक स्तरउन्नतीका लागि टेन्डर आह्वान गरिएको आयोजनाले जनाएको छ । । उत्तरी छिमेकी राष्ट्र चीन तथा दक्षिणी […]

बेनीका थप ५ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बेनीमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरू हुन । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित सबै कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । पछिल्लाे समय […]

गण्डकीमा थपिए १८७ जना कोरोना संक्रमित

विकल्प न्यूज/पोखरा कार्तिक १६ गते ।  आइतबार गण्डकी प्रदेशमा १८७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका १० जिल्लामा गरेर उक्त संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो नयाँ थपिएका संक्रमितको […]

कोरोना संक्रमणको उच्च जोखिममा बेनी

विकल्प डेस्क\बेनी कार्तिक१५गते।  विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ६ महिना सुरक्षित रहेको बेनी कार्तिक लागे लगत्तै असुरक्षित हुन थालेको छ । कोरोना भाइरस समुदायमा फैलिन थालेपछि कोरोनाबाट सदरमुकाम बेनी असुरक्षित हुन थालेको हो । पछिल्लो समय लक्षणसहितका कोरोना पोजेटिभ बेनीमै भेटिन थालेका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिनु र मृत्यु समेत हुन […]

आहा कति राम्रो गाउँ मल्कबाङ ! (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ५ को सुन्दर वस्ती मल्कबाङ गाउँ । यहाँ छन्त्याल जातीको बसोबास रहेको छ । केही महिना अघिमात्रै गाउँ सम्म सडक पुगेको छ । सडक पुगेपछि मल्कबाङवासीहरु उत्साहित भएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

म्याग्दीमा थप ४ जनामा काेराेेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ११ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगला  गाउपालिकामा १ बेनी नगरपालिकामा र धौलागिरी गाउपालिकामा २ जनामा काेराेना पुष्टि भएकाे हाे । सवै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

जलजलामा एक घर एक पिसिआर परिक्षण अभियान

जलजला। कार्तिक ११ गते ।  पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘आजैबाट अभियानको सुरुवात गदैछौ, ‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल […]

गण्डकी प्रदेशमा थपिए २३३ जना काेराेना संक्रमित

विकल्प न्युज ।  कार्तिक १० गतेे । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा २३३ जनामा काेराेना पुष्टि भएकाे छ । क्षयराेग उपचार केन्द्र र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएको परिक्षण मा प्रदेशका ७ जिल्लामा गरेर उक्त संख्यामा काेराेना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार विहान निकालेकाे विज्ञप्तिमा जनाएको छ । विज्ञप्ति अनुसार कास्कीमा सवै भन्दा […]

विजया दशमीको टीकाको साइत बिहान १०ः १९ मा उत्तम

९ कात्तिक, २०७७ काठमाडौं । विजया दशमीको टीका लगाउन भोलि बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत जुरेको छ । देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ । साइतमा टीका लगाउन नभ्याउनेले भोलि दिनभरी नै टीका लगाउन सक्ने अन्तर्राष्ट्रिय पचांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसपटक चन्द्रमा कुम्भ […]