Breaking News

ओलीले संसद विघटन गर्न पाउनुहुन्न : माधव नेपाल

५ पुस, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले भने, ‘संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि […]

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री राष्ट्रपति कार्यालयमा

पुस ५, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

संसद विघटनको सबैले प्रतिवाद गरौं : डा. भट्टराई

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ । जसपा नेता भठ्टराईले पनि यसले लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत भएको बताए । ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल ५ वर्ष किटन गरिएको छ । विगतको […]

संसद विघटन असंवैधानिक छ, लागू हुन सक्दैन : नेकपा प्रवक्ता

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।

मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न सिफारिस

पुस ५, २०७७ काठमाडौँ — मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, […]

विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

३ पुस, पोखरा।  जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र कारागारले लापरबाही गरेकाले यो अवस्था आएको भन्दै परिवारले आरोप लगाइरहेको उनीहरुले सुनाए । ‘हाम्रो कुनै कमजोरी छैन । […]

अराजग समुह जाइलाग्न खोजे ः अखिल सहसंयोजक कटुवाल

विकल्प न्यूज/बेनी पुस ३ गते ।   विद्यार्थी नेता स्वाः यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागि हुन आएका अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा अवरोध सिर्जना गरिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने अनेरास्ववियूका विद्यार्थीहरुले तामाङलाई म्याग्दीमा अवरोध सिर्जना गरेका हुन । होटल याकमा अनेरास्ववियूले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमकम पुगेका […]

विप्लव नेकपाद्वारा पुस ३ गते धौलागिरी बन्दको आव्हान

बेनी , २, पौष । पर्वत कारागारमा रही उपचारका क्रममा मृत्यु भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शंकाष्पद मृत्यु भन्दै सो पार्टीले पुष ३ गते धौलागिरी बन्दको आव्हान गरेको छ । सो पार्टीको धौलागिरी व्युरो ईन्चार्ज राजनले जारी गरेको विज्ञप्तीमा पुनको मृत्युको बारेमा सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कार्वाहीको […]

प्रहरी इन्सपेक्टर शर्मा पक्राउ

विकल्प न्युज/ बेनी पुस २ गतेे ।  श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट […]

विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न आग्रह

विकल्प न्यूज/बेनी पुष १ गते । विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । भुकम्पका कारण भत्किएका विद्यालय पुननिर्माण अभियानलाई सहि तरिकारले सदुपयोग गर्नसके शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा ठूलो फट्को मार्नसक्ने बेनीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुननिर्माणमा संलग्न उपभोक्ता समितिका […]

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

काठमाडौँ, पुस १ गते ।   कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये […]

म्याग्दीका एक विद्यार्थी नेताकाे ठगीधन्दा पर्दाफास

विकल्प न्युज/ बेनी म्याग्दी ३० मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् । आफ्नो कार्य व्यस्तताका कारण क्याम्पसमा […]

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

बेनी / मंसिर ३० गते । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको  धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो । गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन […]

म्याग्दी उद्योग वाणिज्य संघको हितकोषबाट साढे ११ लाख भुक्तानी

विकल्प न्यूज/बेनी मंसिर २९ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले दुई वर्षको अवधिमा व्यवसायिक हितकोषबाट साढे ११ लाख भन्दा बढी रकम सदस्यहरुलाई भुक्तानी गरेको छ ।  १५ सय ३२ जना सदस्य आवद्ध भएको हितकोष ३१ लख ५३ हजार पुगेको छ । कोषबाट आउने व्याजको रकमबाट राहत वितरण गर्दै आएको उवासंघका महासचिव […]

बेनीमा काँग्रेसको विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।   नेपाली काँग्रेस म्याग्दीले सोमबार सरकारविरुद्ध बेनीमा प्रदर्शन गरेको छ । सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देश ब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा काँग्रेसले विरोध सभा गरेको हो । विरोध सभामा बाल्दै नेपाली काँग्रेसका नेताहरुले वर्तमान ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए । […]