ताजा समाचार:
Search

६२ देखि ६४ वर्ष सम्मका ज्येष्ठ नागरिकलाई खोप

विकल्प न्यूज\बेनी
जेठ २८ गते ।

  शुक्रबार म्याग्दीमा ६२ देखि ६४ वर्ष सम्मका लागि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सो उमेर समुहका ज्येष्ठ नागरिकलाई जिल्ला भर एकै पटक खोप लगाउन लागिएको हो ।

जिल्लाका ६ वटै स्थानीय तहका वडाका स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

जिल्लालाई एकहजार ५ सय ६५ डोज खोप प्राप्त भएको उहाँले बताउनुभयो । शुक्रबार (आज) जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको उहाँले बताउनुभयो ।

नागरिकता वा अन्य सरकारी परिचय पत्रमा जुन स्थानको ठेगना छ सो स्थानमा पुगेर खोप लगाउनुपर्ने व्यवस्था यस पटक भएकाले असहज भएको ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । उनीहरुले हाल बसोबास भएको स्थानमै खोपको लगाउने व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।