बेनी नगरपालिका
अज्ञात समूहद्वारा तीन ओटा स्काभेटरमा आगजनी
भदौ २६, २०७६ म्याग्दी : फाईल तस्विर म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो। बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका […]
अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील
विकल्प न्यूज/बेनी भदौं २५ गते । एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ । सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा […]
बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग
साधन राम्जाली /विकल्प न्यूज भदौं २५ गते । बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । संघीय सरकारबाट विद्यालय क्षेत्र विकास […]
शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”
साधन राम्जाली /विकल्प न्यूज भ्दौं २० गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए […]
बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण
विकल्प न्युज बेनी, भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको […]
खुल्ला तिज गीत प्रतियोगिताको उपाधि नवज्योति आमासमुहलाई
विकल्प न्युज बेनी,भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउँपालिका ५ अर्मनको नवज्योति […]
राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण
विकल्प न्युज बेनी भदौ १६ गते । बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिलाई अन्तक्र्रिया मार्फत अभिमुखिकरण गराइएको हो । कार्यक्रममा निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचय […]
पिताको सम्झनामा प्रवासबाट दुईवटा विद्यालयलाई आर्थिक सहयोग
प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी,भदौ १४ गते । प्रवासबाट एक व्यक्तिले शुक्रबार आफ्नो पिताको मुख हेर्ने अर्थात् कुशेऔंसीको दिन दुईवटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर गाजने घरभई हाल अमेरिकामा रहेका लोकबहादुर बानियाँले विद्यालयलाई रकम उपलब्ध गराएका हुन् । आफूले अध्ययन गरेको विद्यालयलाई आफ्नी आमा पार्वती बानियाँको हातबाट उक्त रकम हस्तान्तरण […]
मजदुरहरु आबद्ध क्युपेक महिलाको तीज विशेष कार्यक्रम
प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी,भदौ १३ गते । ‘क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मूल नारासहित बिहीबार क्युपेक नेपाल जिल्ला महिला कमिटी म्याग्दीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले मजदुरहरुको पेशागत हकहित र सुरक्षाका लागि नगरपालिकामार्फत सबैखाले सहयोगहरु उपलब्ध गराइने बताइन् । […]
अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु
विकल्प न्युज बेनी, भदौ १२ गते । बेनीमा अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सुरु भएको हो । बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका मेयर […]
६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म
सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]
कदमद्धारा मृगौला रोगीलाई सहयोग
विकल्प न्युज म्याग्दी,भदौ ९ गते । कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न भएका र जटिल […]
बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन
विकल्प न्यूज/बेनी भदौं ९ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली […]
देविस्थान बेनी सम्पर्क समितिको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम
विकल्प न्युज बेनी, भदौ ७ गते । विभिन्न शिलशिलामा सदरमुकाम बेनी बजारमा बसोबास गर्दै आएका जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान बासीको साझा संस्था बेनी –देविसथान सम्पर्क समितिको वार्षिक उत्सव,दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न भ्एको छ । बेनी देविस्थान सम्पर्क समितिको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष पिपला […]
नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स
प्रताप बानियाँ / विकल्प न्युज म्याग्दी, भदौ ७ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय […]