बेनी नगरपालिका
भेदभाव न्युनिकरण सम्बन्धी बेनीमा एक दिने कार्यशाला
विकल्प न्युुज बेनी,सोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका हुन् । उनिहरुले महिलाहरुलाई सार्वजनिक तथा निजि क्षेत्रहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष […]
मनकारी पौडेलद्धारा बाढी पीडितलाई सहयोग
धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ७ असोज म्याग्दीको बेनी नगरपालिका २ भकुण्डेका भीमबहादुर पौडेलले व्यक्तिगतरुपमा कोटखोलाका ७ जना बाढी पीडितलाई मंगलवार रु १२ हजार २ सय मूल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चामल,दाल,नुन लगाएतका १२ […]
बेनीमा तेस्रो कालिपुल युनाइटेड कप सुरु
विकल्प न्युज बेनी , असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुहुदै खेलकुदले […]
लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान
धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ६ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चारकेजी चामल,दाल,नुन लगाएतका १२ हजार रुपैयाँको खाद्य […]
किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने […]
बगरफाँटका बाढीपीडितलाई विभिन्न संघसंस्थाको आर्थिक तथा जिन्सी सहयोग एवं व्यवस्थापन, बेपत्ता दुई बालिका अझैसम्म भेटिएनन्
विकल्प न्युज म्याग्दी, असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् । बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति बेहोरेका पार्वती परियार र अनिता परिलाई नगद एकएक लाख रुपैयाँको चेक […]
बाढीले बगाउँदा दुई बालिका बेपत्ता,तीन घर पुरिए (फोटो सहित)
विकल्प न्युज बेनी ,असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई […]
कोटखोलामा आएको वाढीले बगरफाँटका दुइघर बगायो
विकल्प न्यूज/बेनी असोज ५ गते । शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा क्षति पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । खोलाले धार परिबर्तन गरि वस्ती […]
बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा
विकल्प न्युज म्याग्दी,असोज २ गते । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा नगरपालिकास्तरीय कार्यक्रमको बारेमा स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेकी थिइन् […]
अक्षर चिन्दै आमाहरु
साधन राम्जाली /विकल्प न्यूज असोज १ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी राधीका आचार्यको उमेर ६० बर्ष भयो । उमेरले ६ दशक भएपनि उहाँ नियमित विद्यालय जानहुन्छ । शिक्षकले दिएको गृहकार्य उहाँ नियमित रुपमा गर्नुपर्छ । विहान घरयासी र भान्छाको काम सकेर साढेँ १० बजे विद्यालय जाने हतारो राधीकालाई छ । विहान– बेलुकी […]
दिदीबहिनी सहकारीको आठौं साधारणसभा
विकल्प न्युज बेनी , भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाचौरकी निशा सुवेदी र भीरमुनीका डेकनाथ शर्मालाई […]
रत्नेचौरमा पितृ महोत्सव
विकल्प न्युज रत्नेचौर, भदौ २७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । महोत्सवको प्रतिनिधिसभा […]
स्काभेटरमा आगजनी गर्नेको पहिचान गरी कारवाही गर्न उवासंघद्धारा माग
विकल्प न्यूज/बेनी भदौं २७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले विहिवार राती जिसी क्रसरमा राखिएका स्काभेटरहरुमा आगजनी गर्नेहरुको पहिचान गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । उवा संघद्धारा शुक्रबार प्रकाशित विज्ञाप्ती मार्फत आगजनी गर्ने समुहको तत्काल खोजी गरि कानुन अनुसार कारवाहीको गरिएको हो । साथै विज्ञप्तीमा उद्योगी व्यवसायीलाई भरपर्दो सुरक्षा […]
मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल
विकल्प न्युज म्याग्दी, भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवारले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् । वैदेशिक रोजगारीबाट […]
स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण
विकल्प न्युज बेनी, भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ । संस्थाका अध्यक्ष दिपक पौडेलको नेतृत्वमा […]