कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड बन्द

विकल्प न्यूज/बेनी
चैत ५ गते ।  कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । बेनी नगरपालिका ४ सिंगा स्थित कुण्डलाई व्यवस्थापन समितिले आगमी शनिबार देखि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले अन्य तातोपानी कुण्डहरु पनि बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई बुधबार परिपत्र गर्ने जनाएको छ । धेरै ठाउँका मानिसको जमघट हुने तातोपानी कुण्डमा भीड लाग्ने गर्छ।

कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि बन्द गराउने निर्णय भएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो ।

ुकोरोनाको त्राससँगै कुण्डमा स्नानका लागि आउने बिरामीहरुको संख्या केही दिनयता ह्वात्तै घटेको छ,ु सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले भने, ुप्रशासन, स्वास्थ्य कार्यालय र नगरपालिकाको अनुरोध र कोरोनाको जोखिमलाई मध्य नजर गरेर कुण्ड बन्द गराउने निर्णय गरेका हौ ।ु

उनका अनुसार प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि आएका बिरामीहरु फर्किएपछि बन्द गराउन लागिएको हो । मंगलबारबाटै नयाँ बिरामीलाई टिकट वितरण बन्द भएको छ । फागुन, चैत र बैशाख महिना कुण्डमा स्नानको मुख्य सिजन (याम) हो । यो याममा दैनिक एक हजार छ सय जनासम्मले कुण्डमा स्नान गर्छन् ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

वीरेनुन र गन्धन ९सल्फर० तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका(२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामी आउँछन् ।

सबै कुण्डहरु बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई परिपत्र गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ । कोरोनाबाट जोगिन सतर्कता अपनाइएको प्रअिज ढकालले बताए ।