ताजा समाचार:
Search

बेनी नगरपालिका

लायन्स क्लबअफ बेनी म्याग्दीको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन

म्याग्दी, ७ साउन । म्याग्दीमा सामाजिक कार्यमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको आयोजनामा वुधबार भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ । रगत अभावको समाधान खोज्ने उद्देश्यले कोरोनाको जिखिमलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । उक्त दक्तदान कार्यक्रममा सर्वसाधारण क्लबका सदस्य र कार्याक्रममा […]

कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)

विकल्प न्यूज/बेनी साउन ६ गते । सोमबार धौलागिरि रेन्जमा भएको भारी वर्षाका कारण कालिगण्डकीमा आएको बाढीले बेनीको कालिपुल स्थित वसपार्क कटान गर्न थालेको छ । नदीमा पानीको सतह वढेपछि कालिपुल स्थित पेट्रोलपम्प नजिक नदी किनारमा लगाइएको ग्याविन जाली भत्कीन थालेको छ । जाली भत्किन थालेपनि बसपार्क नदी कटानको उच्च जोखिममा परेको छ । यसै गरी […]

म्याग्दीमा थप तीन जनामा कोरोना पुष्टी

म्याग्दीमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेनटायनमा रहेका अन्नपुर्ण गाउँपालिका वडा नं २ का २३ र २४ बर्षका २ जना पुरुष र बहराईनबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटायनमा बसिरहेका बेनी नगरपालिका वडा नं ४ का ३२ बर्षका १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको […]

गलेश्वरमा बहुउद्देश्यीय समाज हल निर्माण

विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको गलेश्वरधाम परिसरमा बहुउद्देश्यीय समाज घर निर्माण भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मन्दिरको आन्तरिक स्रोत परिचालन गरेर बहुउद्देश्यीय बाटिका भित्र हल निर्माण गरेेेकाे हो । सभाहल निर्माण गर्न गलेश्वर क्षेत्र विकास कोषको आन्तरिक स्रोत २१ लाख ९६ हजार पाँचसय रुपियाँ खर्च भएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ […]

म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]

म्याग्दीमा पहिरोले मराङमा पाँच घर र गलेश्वरको बेलीब्रिज बगायाे

सन्ताेष गौतम / बेनी म्याग्दी, २६ असार ः लगातारको बर्षासँगै पहिरो जाँदा शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई […]

मास्क नलगाई बेनीमा हिडडुल गर्ने ४५ जनालाई कारबाहि

विकल्प न्युज/ बेनी असार २५ गते । बेनी बजारमा आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने  ४५ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम प्रहरीले नियन्त्रणमा लिएर कारबाहि गरेकाे छ । विहिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टाेलिले मास्क नलगाई हिडेका, जाेरविजाेर प्रणालिकाे नियमलाई उल्ङ्घन गरेर सवारी चलाएका र सुरक्षा मापदण्ड पलना नगरि हिडडुल गरेका ४५ जनालाई नियन्त्रणमा लिएर कारवाहि […]

म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी

विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक  जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।   भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार २४ गते । म्याग्दीमा थप २ जना युवामा  काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार  काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई […]

‘बालबालिकालाई भिटामिन ए खुवाउने बेला ख्याल गरौँ’

विकल्प न्यूज/बेनी असार २२ गते ।  बेनीको विरेन्द्रचोकमा बच्चालाई भिटामिन खुवाउदै महिला स्वास्थ्यकर्मी   । बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ ।  भिटामिन ए  खुवाउन लैजाँदा  भौतिक दूरी […]

तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो ।  तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले […]

म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी असार १९ गतेे । म्याग्दीमा थप  ३ जना काेराेना संक्रमित थपिएका छन । हालै मात्र साउदि अरबबाट अाई बेनिकाे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका १ का २४ वर्षिय युवामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल ले जानकारि दिनुभयाे । यसै गरि भारत बाट बेनिकै क्वारेन्टाइन मा बसेका रघुगंगा […]

भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो  बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]

६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १६ गते । बेनी नगरपालिका–९ काउँलेगौडाका ओमकार पुरी र उहाँको भाईले ६० लाख लगानी गरेर गाउँमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर पुरी दाजुभाईले गाउँमा कुखुरापालन व्यवसाय थाल्नुभएको हो । कुुखुरा पाल्नका लागि दुइवटा व्यवस्थित खोर निर्माण गर्नुभएको छ । व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय गर्नुभएका पुरीले वर्षमा करिब १० […]

म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन । पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे । काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे […]