म्याग्दी, ७ साउन ।
म्याग्दीमा सामाजिक कार्यमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको आयोजनामा वुधबार भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ ।
रगत अभावको समाधान खोज्ने उद्देश्यले कोरोनाको जिखिमलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । उक्त दक्तदान कार्यक्रममा सर्वसाधारण क्लबका सदस्य र कार्याक्रममा सहभागीले रक्तदान गरेका थिए । २०२०÷२१ को नयाँ कार्यसमितिले केहीदिन अघि वृक्षारोपण कार्यक्रम समेत गरेको छ ।