बेनी नगरपालिका

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन

विकल्प न्युज / बेनी माघ २८ गते । आईतवार सम्पन्न बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे  २४ ओै वार्षिक साधारण सभा तथा ११  ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा  राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , […]

बेनी खानेपानीको अधिवेशन ः दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ ः सांसद गर्बुजा

विकल्प न्यूज/बेनी माघ २८ गते । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको […]

नेकपा एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’ अभियान संचालन गर्ने

विकल्प न्यूज\बेनी माघ २७ गते । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई बजवुट […]

अहिलेको खिचडी सरकारले जनताको समस्या समाधान गर्न सक्दैन ः नेता झलनाथ खनाल

विकल्प न्यूज/बेनी माघ २६ गते ।  पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान खिचडी सरकारले मुलुक र जनताको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । मातृशोकमा रहनुभएका नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको परिवारलाई समवेदना प्रकट गर्न शुक्रबार बेनी आउनुभएका सत्तारुढ […]

बेनी बोर्डिङ कपको उपाधि आयोजक विद्यालयले जित्यो

विकल्प न्यूज/बेनी माघ २६ गते । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमी दरबाङलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २ का विरुद्ध ४ गोल गदैं उपाधि हात पारेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ […]

बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी बजारमा रहेका होटल तथा रेष्टुरेन्ट व्यावसायीहरुले हुक्का बिक्री वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बेनी नगरपालिकासँग भएको छलफलमा नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा हुक्का प्रतिबन्द गर्न राखेको प्रस्तावलाई उनीहरुले समर्थन गरेका हुन । पछिल्लो समय बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा भेला भएर युवाहरुले हुक्काको […]

आमा समूहद्वारा सामूहिक आलुखेती

गलेश्वर (म्याग्दी),  माघ  २६ गते । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा […]

सन्तुलित विकासलाई ध्यान दिन प्रदेश सरकारलाई स्थानीय तहकाे अनुरोध

विकल्प न्युज / बेनी माघ २५ गते । जिल्ला समन्वय समितिले आगामी जिल्ला सभा मार्फात योजना व्याङ्क निर्माण गर्ने भएको छ । जिल्ला समन्वय समिति म्याग्दीमा बिहीबार भएको स्थानियतह र प्रदेश मातहतका कार्यालय प्रमुखहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला भित्र पर्ने योजनाहरुमा डुप्लिकेसन हुने तथा अन्य केही समस्याहरु देखिएकोले जिल्ला समन्वय समितिका […]

बेनी बोर्डिङ कप : शुक्रबारदेखि सेमिफाइनलका खेल हुने

विकल्प न्युज / बेनी माघ २५ गते । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, […]

बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र

घनश्याम खड्का/बेनी माघ २५ गते ।  बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण […]

गायक राजेन्द्र सापकोटाको ‘हैना भन्नीलाई’ ले मन जित्दै

विकल्प न्युज / बेनी माघ २४ गते । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री […]

पर्वत बेनी स्थित कालीगण्डकी नदीको शिला रौतहटको शिव मन्दिरमा लैजाने तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २४ गते । म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी स्थित कालिगण्डकी नदी किनारबाट शिलालाई रौतहटमा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि लैजान तयारी गरिएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरमा रहेको हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मुर्ति बनाउन […]

स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

विकल्प न्यूज\बेनी माघ २२ गते । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज (सोमबार) देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम गरिएको […]

सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने २१ वर्षीय सुशिल […]

मन्त्री र सांसदको अनुगमनले पनि गति नलिएको मालढुङ्गा–बेनी सडक योजना

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,माघ २२ गते ।   उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा –बेनी सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना तीन वर्ष देखि निर्माणधिन अवस्थामा छ । गत आर्थिक वर्षको असारमा ठेक्का सम्झौताको म्याद सकिएर पुन थपिएको छ । ठेकेदारको ढिलासुस्तीले पुन थपिएको म्यादमा पनि सडक निर्माण हुने छाँटकाट देखिएको छैन । […]