ताजा समाचार:
Search

बेनी नगरपालिका

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

म्याग्दी, २२ फागुन ः कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभएका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ […]

प्रहरीद्धारा रुमका दुई गाँजा कारोबारी सार्वजनिक

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । घरगोठमा गाँजा लुकाइराखेको गोप्य सूचनाका आधारमा दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ । फागुन १३ गते खटिएको प्रहरी टोलीले […]

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय

विकल्प न्यूज/बेनी फागुन १५ गते । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको […]

मगर संघको स्थापना दिवसमा बालगृहलाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १५ गते ।  नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको अवसरमा शनिबार मगर संघ म्याग्दीले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैयाँ बराबरको खाद्यान्न […]

सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

विकल्प न्यूज/बेनी बेनी, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको एक्साभेटर र दुई वटा […]

संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन

विकल्प न्यूज/बेनी फागुन ११ गते । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बेनीमा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु र युवा संघ म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्वल गरेका हुन् । भोली बुधबार नेकपाले बेनीमा उत्सव मनाउने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर […]

नेकपा (प्रचण्ड–माधव नेपाल) को जिल्ला सचिवमा युवा नेता सुवेदी चयन

विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा युवा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको […]

म्याग्दीका कृषकको नमुना काम,आगलागीबाट क्षति व्यहोरेका गुल्मीका कृषकलाई सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, ६ फागुन ।   आगलागीबाट गोठमा रहेका २६ वटा बाख्रा सहित खोरको सबै संरचना जलेर नष्ट हुँदा ३२ लाख बढीको क्षति व्यहोरेका शाहलाई म्याग्दीका बाख्रापालक कृषकहरुले ४ वटा बाख्रा र रु १५ हजार नगद सहयोग गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ […]

बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

विकल्प न्यूज/बेनी फागुन ६ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यन्वयन […]

भिडियोमा हेर्नुहोस काँग्रेस म्याग्दीको विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा वृहत विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत जनप्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।  नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित भएको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत […]

म्याग्दीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

विकल्प न्यूज÷बेनी फागुन २ गते । म्याग्दीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बेनी अस्पतालको खोप केन्द्रमा आइतबार देखि तिन दिन सम्म खोप अभियान सञ्चालन गरिने भएको हो । दोस्रो चरणमा जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,बैंक तथा वित्तिय संस्थाका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । दोस्रो […]

जन्मदिनमा शान्तिकोषलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते ।  स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई ५० हजार नगद सहयोग गर्नुभएको छ । गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको उपचार अक्षयकोषमा बेनी अस्पतालमा कार्यरत आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । आइतबार कोषको सचिवालयमा आयोजना गरिएको […]

मिडिया सोसाईटीद्धारा पत्रकारहरुको स्वास्थ्य विमा र पत्रकार बानियाँ पुरस्कृत

विकल्प न्यूज/बेनी माघ २९ गते । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा सात हजार एकसय ५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो । सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला […]

बेनी नगरको संसोधित बजेट पारित (भिडियो)

विकल्प न्यूज/बेनी माघ २६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको संसोधित बजेट पारित गरेको छ । सोमबार आठौं नगरसभामा उपमेयर सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको संसोधित बजेट सभाले पारित गरेको हो । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रुपैयाको बजेट पारित भएको थियो । संचित कोषमा […]