बेनी नगरपालिका
‘बिजुली छैन भोलि आउनु’
म्याग्दी, भदौ १४ गते । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने […]
कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं १४ गते । बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो । आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य […]
आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह
नवविकल्प डेस्क/ बेनी भदौं १३ गते । नेकपा एमाले भित्रको आन्तरिक विवादका विच अन्ततः पार्टी विभाजन भएको छ । वरिष्ठ नेता माधव नेपालले अघिल्लो हप्ता नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचनमा दर्ता गर्नुभएको छ । पार्टी दर्ता भएसँगै एमाले कानूनी रुपमा विभाजन भएको छ । एमाले हुँदा माधव समुहलाई साथ दिएका केन्द्रका अधिकांश नेताहरुले नेपाललाई साथ […]
तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान
विकल्प न्यूज/बेनी भदौं ११ गते । तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निवासी ९ महिनाका बालक महम्मद उस्मान अलिको उपचारमा सघाउन बेनीको शिवालय बालक्लबले आर्थिक संकलन गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचारहरु सार्वजनिक भएपछि हाम्रो मन छोयो क्लबका […]
माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा पौडेल
विकल्प न्यूज/बेनी भदौं ९ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला इन्चार्जमा गोविन्द पौडेललाई तोकेको छ । भदौं ५ र ६ गते वसेको स्थायी समितिको वैठकले यस अघि जिल्ला अध्यक्ष रहनुभएका पौडेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका पौडेल लामो समय देखि माओवादी आन्दोलनको जिल्लाको […]
भिडियो र फोटोमा बेनी दुधेखोलाको बाढीपहिरो
ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ७ गते । म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ । आइतबार मध्यरातीमा परेको भिषण वर्षा पछि दुधे खोलामा आएको बाढीपहिरोले स्थानीय टेकबहादुर पुनको घर बगाएको हो । दुधेखोलाको वस्ती देखि माथि रहेको पाखोमा पहिरो खसेर खोलामा बाढी आएको स्थानीयवासीहरुले बताएका छन् । गएराति १२ बजेको समयमा खोलामा […]
दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो
विकल्प न्यूज\बेनी भदौं ७ गते । बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय टेकबहादुर पुनको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो । वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती […]
पर्वत बेनीमा ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु
विकल्प न्यूज/बेनी भदौं ३ गते । पर्वत बेनीमा रहेको एक ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जलजला गाउँपालिका ३ वारी बेनीमा रहेको रारा अटो मोवाइल्समा गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जिप चालकको पहिरोमा पुरिएर ज्यान गएको वारी बेनी प्रहरी चौकीका सई भगत गौतमले जानकारी दिनुभयो । साँझ […]
म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि
विकल्प न्यूज/बेनी भदौं ३ गते । विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो । हाल […]
बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज/बेनी साउन ३० गते । शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो । यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको […]
सरसफाईमा जुटे डम्मराका युवाहरु
अमित बिश्वकर्मा/बेनी साउन ३० गते । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा, लगाएतका अन्य फोहोरहरु संकलन गरि […]
परिश्रमी युवा ः भैंँसी गोठमा रमाउँदै सुरेश (फोटोकथा)
ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २८ गते । ‘विहान ४ बजे देखि साँझसम्म भैंँसी गोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याएपछि बल्ल मलाई आरम मिल्छ । १० वर्ष अरबको खाडीमा बसे मन शान्ति भएन । गाउँफर्किएर भैंसीपाल्न थालेँ । अहिले मासिक एकलाख देखि डेढलाख सम्म बचाउँछु,’ बेनी नगरपालिका ७ […]
राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला सम्पन्न
विकल्प न्यूज/बेनी साउन २७ गते । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा […]
अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग
विकल्प न्यूज/बेनी साउन २७ गते । सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार […]
बेनीको न्यूरोडका दुई पसलमा आगलागी हुँदा लाखौंको क्षति
विकल्प न्यूज\बेनी साउन २६ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएको छ । जिवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेका रघुगंगा डेरी र नयन स्टोर्समा आगलागी भएको हो […]