बेनी नगरपालिका
बेनी नगरले विरेन्द्रचोकका टहरा हटाएर सडक फराकिलो बनाउने

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर १८ गते । बेनी नगरपालिकाले विरेन्द्रचोक आसपासका टहरा र व्यवसायीक टंकी हटाएर सडक फराकिालो बनाउने भएको छ । सडक छेवैमा वर्षौ देखि टहरा र टंक राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको हो । सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई बुझाउनुपर्ने भाडा […]
बेनी–जोमसोम–कोरला सडकमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाहीको चेतावनी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ११ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम –कोरला सडक अन्तर्गत पर्ने तिनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ । थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने सम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना […]
साहारा सहकारीको करिब ५ करोड लगानी

विकल्प न्यूज/बेनी मंसिर ११ गते । सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको तर, सरकारी […]
म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी मंसिर ७ गते । मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका […]
म्याग्दीमा स्थगित मतगणना पुनः सुरु
ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]
म्याग्दीमा हस्ताक्षर नगरेका मतपत्र फेलापरेपछि प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानविन र कारवाहीको माग गरेका छन् । गठबन्धनले मतदान […]
२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो । यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका […]
मतदानबाट बञ्चित हुँदा निराश भए गलेश्वर आश्रमका ज्येष्ठ नागरिक

ठाकुरप्रसाद आचार्य/ म्याग्दी मंङ्सिर २ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वस्ने ज्येष्ठ नागरिकहरु । फाइल तस्विर ठाकुरप्रसाद आचार्य भोली आइतबार प्रतिनिधि सभा र प्रदेशस सभा सदस्यका लागि मतदान हुँदै छ । मत खसाल्न मतदाताहरु उत्साहित बनेका छन् । तर बेनी नगरपालिका ९ मा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाहरुलाई निर्वाचनको माहोलले छोएको […]
मंसिर ४ पछि म्याग्दीमा गठबन्धन दुला पस्छन् ः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी मंसिर १ गते । नेकपा एमालेबाट आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले अब राजनीतिक आन्दोलन नभई विकासे आन्दोलनको थालनी गर्नुपर्ने बताउनुभएको छ । एमाले चुनाव प्रचारप्रसार मूल कमिटी म्याग्दीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–४, तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य […]
देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ […]
जिप दुर्घटना अपडेट ः ६ जना घाइते बेनी अस्पतालमा उपचारपछि घर फर्किए

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ भुर्तुलाको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यात्रु लिएर मल्लाज चोकबाट हिडेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास […]
दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]
म्याग्दीमा मतदान अधिकृतलाई तालिम सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक २६ गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबार देखि तालिम दिन थालिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरुलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचन सम्बन्धि अभिमूखीकरण दिन थालिएको हो । बेनी बजार स्थित बेनी सामुदायिक विद्यालयको […]
निर्वाचनका लागि कर्मचारी खटाउँदा प्रशासनले असमानपूर्ण व्यवहार गरेको गुनासो

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्मचारी छनौंट र परिचालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनियमितता गरेको गुनासो सुनिन थालेको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा प्रशासनले मनलाग्दी गरेको गुनासो आएको हो । जिल्ला […]
गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान […]