ताजा समाचार:
Search

बेनी नगरपालिका

क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सन्जु बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी पुस २ गते । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का कोषाध्यक्षमा कल्पना खड्का, […]

ओमकुमारी शान्ति कोषको नयाँ कार्यसमिति चयन

विकल्प न्यूज\बेनी पुस २ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको कोषको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनले पत्रकार हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा […]

रुईसे कुटपिट घटना विरुद्ध उजुरी लिन प्रहरीद्धारा अस्वीकार

विकल्प न्यूज/बेनी पुस २ गते । हालैमात्र रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा घटेको एक घटनाका दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले अस्वीकार गरेको छ । कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता गर्न आनाकानी गरेको छ । […]

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुब जिसी निर्वाचित

विकल्प न्यूज/बेनी मंसिर २९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पतम विश्वकर्मा, महिला उपाध्यक्षमा […]

प्रशासन अगाडी सार्वजनिक जग्गा कब्जा, निरीह निकाय

मंसिर २८ गते । बेनी नगरपालिका भित्र विभिन्न व्यक्तिहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेर अनधिकृत रुपमा भौतिक संरचना बनाएका छन् । सार्वजनिक जग्गा सिमित व्यक्तिको कब्जामा छन् । कानून विपरित जग्गा व्यक्तिले कब्जा गर्दा पनि राज्यका निकायहरु निरिह बनेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व भएका सरकारी कार्यालयहरु बेखबर छन् । बेनी नगरको बजार क्षेत्रमै […]

बेनी बचतद्वारा धवलागिरी माविको स्रोत कक्षालाई सहयोग

विकल्प न्यूज/बेनी मंसिर २८ गते । बेनी नगरपालिका –७ स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका –४ सिंगामा रहेको उक्त स्रोत कक्षालाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ […]

म्याग्दीबाट गण्डकी प्रदेश सभामा विमला गौचन समानुपातिक सांसद चयन

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन सांसद चयन हुुनुभएको छ । गौचन जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई नाम सिफारिस गरेको हो । महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति,सामाजिक सेवाका […]

लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा

विकल्प न्यूज/बेनी मंसिर २५ गते । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री […]

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

जेसिज कपको फाइनलमा प्रकाश र शारदा मावि भिड्ने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । बेनीको खुल्ला मञ्चमा जारी २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा बेनीको प्रकाश मावि र मंगला गाउँपालिका ५ छिसवाङको शारदा मावि पुगेका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेनी सामुदायिकलाई ० का विरुद्ध १ गोल गर्दै प्रकाश मावि फाइनलमा प्रवेश गरेको हो । गौमती खत्री […]

मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]

बेनी बजारका पुराना धर्मचौतारी मर्मत अभियान

विकल्प न्यूज/बेनी मंसिर २३ गते । मर्मत सम्भार गरेर चिटिक्क पारिएको बेनी नगरपालिका ७ स्थित बेनीबजारमा रहेको वर्षौ पुरानो चौतारी । तस्विर ठाकुरप्रसाद आचार्य बेनी बजारमा रहेका वर्षौ पुराना धर्म चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को बजार क्षेत्र भित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत अभियान […]

पौषको अन्तिम सातादेखि बेनीमा सातौँ म्याग्दी महोत्सव

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आगमी पौषको अन्तिम सातादेखी सातौं म्याग्दी महोत्सवको अयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् […]

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

मङ्सिर २१ गते ।   बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले […]

जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर १८ गते । मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको […]