बेनी नगरपालिका

बगरफाँटमा एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

धु्रवसागर शर्मा/विकल्प न्यूज म्याग्दी २८ चैत म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँवर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख […]

विउविजन पसलको अनुगमन

बेनी, २७ चैत । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५\५ वटा विउ पसलको आइतबार […]

म्याग्दीमा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आए

ठाकुरप्रसाद आचार्य/म्याग्दी चैत २६ गते । आगामी नयाँ शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सातसय सेट पाठ्यपुस्तकहरु ल्याएका हुन । उक्त पुस्तकहरु चैत २८ गते विद्यालयहरुलाई विक्री […]

म्याग्दीमा प्राथमिक तहमा एकसय शिक्षक स्थायी नियुक्त

विकल्प न्यूज/बेनी चैत २६ गते ।  म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई एक समारोहका बिच […]

नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

विकल्प न्युज/बेनी म्याग्दी, २५ चैत । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम गिरि, दलबहादुर खड्काथोकी, बालकृष्ण […]

बाख्रापालक कृषकलाई घाँसको विउ र औषधि वितरण

विकल्प न्यूज\बेनी चैत २३ गते । बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा ब्यवसायी संघ मार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा […]

बेनी बचतसहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग हस्तान्तरण

विकल्प न्यूूज /बेनी चैत २० गते । ६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । ं सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर, सुगर, […]

एसइई परिक्षामा सहभागी हुँदै आमाहरु

ठाकुरप्रसाद आचार्य\बेनी चैत १७ गते । बेनीकी ४९ वर्षीय विष्णु गुरुङलाई यतिखेर एसईई परिक्षाको चिन्ता छ । शुक्रबार(आजदेखि) सुरु हुने एसईई परिक्षामा राम्रो अंक ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसईईको तयारीमा जुट्नुभएको छ । ‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट बञ्चित भइयौं’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर […]

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल बालसंगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष राजेश […]

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

विकल्प न्यूज \बेनी चैत १४ गते । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ महिनामा उपलब्ध गराएको नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन दुई महिनापछि सञ्चालनमा आएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे […]

बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अहिलेसम्म ७२ औं पटक रक्तदान गरिसक्नुभएको छ । केसीले २५ वर्ष अघि देखि निरन्तर रुपमा रक्तदान गर्दै आउनुभएको हो । केसी रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत हुनुुहुन्छ । बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक हुँदा केसीले रक्तदान गरेर ज्यान बचाइदिनुभएको […]

लोकदिप सहकारीको निवन्ध प्रतियोगितामा प्रकाश माविकी गृष्मा जिसी प्रथम

विकल्प न्यूज\बेनी चैत १२ गते । बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रकाश माविकी छात्रा गृष्मा जिसी प्रथम भएकी छन् । संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदी द्धितीय,पर्वत बेनीको न्यू होराइजन आवासीय पर्वतकी स्मृती जिसी तृतीय भएकी छन् […]

बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week – 2023   मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ […]

मिसन ग्रासरुट अभियानबाट एकल बहुमत ः केसी

विकल्प न्यूज\बेनी चैत ११ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनुभएको छ । आज (शनिवार) नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । […]

बेनी नगरमा कमजोर प्रशासनीक नेतृत्वः पूँजीगत खर्च न्यून

विकल्प न्यूज\बेनी चैत १० गते । बेनी नगरपालिकामा कमजोर प्रशासनीक नेतृत्वका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुनसकेको छैन । नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा २९.७९ प्रतिशत पूँजीगत खर्च गरेको छ । जनप्रतिनिधिले निर्माण गरेको बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनय गर्ने मुख्य दायित्व नगरको प्रशासनीक नेतृत्वको हुन्छ । तर कमजोर नेतृत्वका […]