Search

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु

विकल्प न्यूज\बेनी
४ भदौ ।

म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले ९युवा० बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ ।

नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरु देखाउने प्रचलन छ । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचहरु मिलेर एकमहिने बर्खे नाच सुरु गरेको ल्याम्हस् पूचका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । उहाँले एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।

तीन सय वर्ष पुरानो खम्पर ९मुखौटो० लगाएर ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ ।

नेवा समुदायको पुरानो कलासंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाईएको लयाम्हस्पूचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । तस्विरहरु धिरन खत्री