बेनी नगरपालिका
बेनीमा निर्माण भयो वाटर फाउन्टेन
विकल्प न्यूज\बेनी असार १९ गते । बेनी बजारको आवाचोकमा पानीको फोहोरा(वाटर फाउन्टेन) निर्माण गरिएको छ । वडा नम्बर ७ ले खाली जमिनको सदुपयोग गर्दै आवाचोक स्थित सडकमा पानीको फोहोर(वाटर फाउन्टेन) निर्माण गरेको हो । वाटर फाउन्टेनले बजारको सौन्दर्यता बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको बजेट १२ लाख पचास […]
बेनी नगरमा लक्ष्य भन्दा धेरै आन्तरिक राजश्व संकलन
विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दीको बेनी नगरपालिका चालु आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा नगरले चार करोड २३ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्ने अनुमान गरेकोमा असार १९ गते सम्म चार करोड ५० लाख १८ हजार सातसय ६९ रुपियाँ संकलन भएको राजश्व शाखाले […]
संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भू-क्षयको जोखिम
विकल्प न्यूज/बेनी असार १८ गते । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो । […]
बेनीमा सञ्चालित शिव शिखर सहकारी बन्द हुँदा बचतकर्ता मारमा
विकल्प न्यूज\बेनी असार १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था विगत पाँच महिना देखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएका छन् । बचतकर्ताहरु भने पैसा ढुब्ने चिन्तामा छन् । सुरुमा आर्थिक संकटमा रहेको सूचना […]
लिटिल गार्डेलका अभिभावकलाई अभिमुखीकरण
विकल्प न्यूज/बेनी असार १७ गते । म्याग्दीको बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका अभिभावकहरुलाई शनिबार अभिमुखीकरण गरिएको छ । विद्यालयको आयोजनामा बालबालिकाको सर्वाङगीण विकासको निम्ती अभिभावकको भूमिका विषय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक रमेश अर्याल र सरस्वति अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । बालबालिकाहरुको मनोवैज्ञानिक बुझेर उनिहरुलाई पढाईप्रति लगनशिल, इमान्दार, नैतिकवान, चरित्रवान […]
बेनी नगरमा ‘‘एक वडा एक पर्यटन परियोजना’’
विकल्प न्यूज/बेनी असार १७ गते । म्याग्दीको बेनी नगरपालिकाले समृद्ध पर्यटकीय बेनी नगर भन्ने अवधारणासँगै नगर क्षेत्रभित्र पर्यटकीय संभावना वोकेका स्थानहरुको पहिचान एवम् प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । पर्यटन गुरुयोजनाका लागि आगमी आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ । नगरपालिकाले गत आइतवार आगमी आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको […]
गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न बेनी नगरले पहल गर्ने
विकल्प न्यूज/बेनी असार १५ गते । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । बेनी नगरपालिका ९ स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो । गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक […]
बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक
विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आइतबार बेनी नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशनमा ७० करोड ८९ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो । नगरपालिको आन्तरिक आय, कर तथा गैर कर राजश्व र […]
बेनी नगरबाट तालिम पाएपछि महिलाहरुले बनाए फेन्सी चप्पल
विकल्प न्यूज/बेनी असार ९ गते । तालिम पाएपछि बेनी नगरपालिका ९ गलेश्वरका महिलाहरुले फेन्सी चप्पल बनाएका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको आमासमुह सँग उपमेयर कार्यक्रम अन्तर्गत गलेश्वरका महिलाहरुलाई फेन्सी चप्पल बनाउने १५ दिने तालिम प्रदान गरिएको थियो । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न […]
जनगणनाअनुसार म्याग्दीको प्रमुख नतिजा सार्वजनिक
विकल्प न्यूज/बेनी असार ६ गते । तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो । २०७८ सालमा गरिएको म्याग्दी जिल्लाको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल […]
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज\बेनी असार ३ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आर्थिक […]
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
विकल्प न्यूज/बेनी असार ३ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०\०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाहका वारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरवासीहरुबाट सुझाव संकलन […]
बीस महिनाको काम चार महिनामै
विकल्प न्यूज/बेनी असार ३ गते । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो […]
प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश
विकल्प न्युज/ बेनी म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो म्याग्दीका न्यायाधीश कृष्णप्रसाद […]
‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम
बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन […]