बेनी नगरपालिका

बेनीमा पाँचदिने उद्घोेषण तालिम सुरु

विकल्प न्यूज/बेनी असार १७ गते ।  एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले सबै क्षेत्र, बर्ग र समुदायलाई एकसाथ अघि लैजाने उद्देश्य अनुसार केन्द्रसँग सहकार्य गरेर […]

न्यायीक समितिका पदाधीकारी र कर्मचारीका लागितालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ असार ।म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ  । जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो । तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य र अधिकार, […]

काँग्रेस म्याग्दीको कार्यसमितिले पूर्णता पायो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ । वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापति, सहसचिव र प्रवक्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतिमा माधवप्रसाद रेग्मी, […]

बेनी नगरपालिकाकाले पारित गर्याे ५४ कराेडकाे बजेट

सन्तोष गौतम/ विकल्प बेनी १४ असार ।पर्यटकीय पूर्वाधार निर्माण र वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका योजनालाई प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि करिब ५४ करोड रुपैया बराबरके बजेट पारीत गरेको छ । बुधबार बेनीमा सम्पन्न तेस्रो नगरसभाले असार १० गते सुरु भएको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको ५३ करोड […]

म्याग्दीमा लागूऔषध विरुद्धको अभियान सुरु

विकल्प न्यूज/बेनी असार १२ गते ।   म्याग्दीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन सुरु गरिएको छ । “स्वास्थ्य,सवल र समृद्ध नेपालको प्रतिवद्धता,लागू औषध अपराध विरुद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ साताव्यापी रुपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा मंगलबार विहान बेनी बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको […]

बेनी नगरपालिकाकाे तेस्रो नगरसभा

विकल्प न्युज । म्याग्दी, असार १० बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति, टोलबस्तीबाट आएका योजनालाई […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

जामुनाखर्क माविमा राष्ट्रिय सेवादलको तालिम सुरु

विकल्प न्यूज/बेनी असार १० गते ।     राष्ट्रिय सेवा दलले बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीहरुलाई एनसिसि (जुनियर डिभिजन) तालिम दिन सुरु गरिएको छ । विद्यालयमा औपचारिक रुपमा तालिमको उद्धघाटन गरेर आइतवार देखि तिन महिने तालिम दिन सुरु गरिएको हो ।  विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका १८ जना छात्र र […]

महिलालाई सामाजिक र आयआर्जनमा सक्रिय बनाउँदै बेनपा ६

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । बेनी नगरपालिका ६ मा महिलालाई सामाजिक र आयमुलक कार्यमा सक्रिय बनाउन प्राथमिकता दिइएको छ । जनप्रतिनिधिहरुले आमा समूहलाई परिचालन गरेर सामाजिक रुपान्तरण, विकृति नियन्त्रणको अभियानका साथै आयआर्जन वृद्धिका लागि सीप विकासको कार्यक्रमलाई जोड दिएका हुन् ।सबै बस्ती र टोलमा गठन भएका आमा समूहलाई संस्थागत गरी उनिहरुलाई क्षमता विकाससंगै […]

म्याग्दीको शैक्षिक अवस्थाबारे अन्तरक्रिया तथा छलफल

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार ८ । म्याग्दी जिल्लाको शैक्षिक अवस्थाबारे शुक्रबार बेनीमा अन्तरक्रिया  तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उच्च शिक्षामा गुणस्तर सुधार तथा समग्र म्याग्दी जिल्लाको शैक्षिक अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया तथा छलफल गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया  कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, […]

माउण्टमा जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार ८ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा शुक्रबार अन्तरमावि जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शैक्षिक गतिविधि सँगसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको अन्तनिर्हित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । कुल ९ ओटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा गलेश्वर […]

बेनी नगरपालिकाले किन बनाउँछ नक्कली उपभोक्ता समिति ?

गोपाल छन्त्याल /बेनी असार ८ गते । गोपाल छन्त्याल /बेनी असार ८ गते । बेनी–पात्लेखेत जोड्ने सडक स्तरोन्नति बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा गौरवको आयोजना हो। १ करोड रुपैयाँ बजेट रहेको सडकको २ तरिकाले काम भइरहेको छ। पहिलो चरणमा आह्वान गरिएको ठेक्कामार्फत् ५४ लाख रुपैयाँमा मालिका भगवती कन्टक्सनले जिम्मा लिएपछि बचेको रकमले अर्को खण्डमा उपभोक्ता […]

बेनीमा सञ्चालित औषधि पसलहरुको अनुगमन

विकल्प न्यूज /बेनी म्याग्दी, असार ८ गते ।म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका औषधि पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका आयुर्वेदिक, डेन्टलसहित कुल १४ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको हो । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्याको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत औषधि पसलको अनुगमन गरिएको […]

मन्त्री थापाद्धारा वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवन उद्घाटन

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ असार ।   बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृती आधारभुत विद्यालयमा निर्माण भएको वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवनको बिहीबार महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । प्लान ईन्टरनेशनल नेपालको ५६ लाख ३२ हजार ३३४ रुपैयाँ र अपाङग संघ म्याग्दीको ६० हजार रुपैया सहयोगमा निर्माण भएको भान्छाकोठा […]

विश्व योग दिवसमा बेनीमा प्रभातफेरी

विकल्प न्यूज/बेनी असार ७ गते । चौथो विश्व योग दिवसका अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी निकालिएको छ। नवीन आनन्द योग केन्द्र म्याग्दीले प्रभातफेरी कार्यक्रम गरेको हो । प्रभातफेरिमा बेनी र सिङ्गाका योगापारखीहरु,उद्योगी व्यवसायी,योग शिक्षक तथा अन्य योग साधकहरुले सहभागिता जनाएका थिए। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु […]