बेनी नगरपालिका
डडुवामा ‘लिफ्ट’ खानेपानी
सन्तोष गौतम /विकल्प न्यूज फागुन ९ गते ।बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।” घरमा उपभोग गर्ने, […]
बेनी गलेश्वर कालोपत्रे सुरु
विकल्प न्यूज/बेनी फागुन ८ गते । नवविकल्प फलोअप तेस्रो पटकको म्याद थपपछि बेनी–गलेश्वर सडक कालोपत्रे योजनाको कामले गति लिएको छ । अठार महिनामा सकिनुपर्ने डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम साढे दुई वर्षमा पुरा हुन लागेको हो । यो आयोजना निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाले चासो दिँदै आएका थिए भने नवविकल्प साप्ताहिकले समेत पटक पटक […]
तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया
विकल्प न्यूज/बेनी फागुन ६ गते ।बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत तथा ऋण सहकारीका कार्यबाहक अध्यक्ष […]
प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई
सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनिक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनिक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन […]
बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु
सन्तोष गौतम/विकल्प न्यूज गलेश्वर ४ फागुन । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ । स्थानीय तहको […]
तलबको माग गर्दै ज्ञापनपत्र
सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]
बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद
सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधि पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालिका, कोलेनीका, […]
गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण
सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर २९ माघ । बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालिका १० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, […]
पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन
सन्तोष गौतम/विकल्प न्यूज पुलाचौर २८ माघ । बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो । […]
महारानी थानलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड
विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका ७ कुरीलाखर्कमा रहेको महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड दिइएको छ । शुक्रवार महारानी थान क्षेत्र विकास समितिको तेस्रो अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ऐतिहाँसिक धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा […]
भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण
सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको […]
सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन
विकल्प न्यूज/बेनी माघ २१ गते बेनी नगरपालीका ४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समितिको आईतबार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा व्यवस्थापन समिति पुर्नगठन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का, सदस्यमा सुरत बानिया, टेकबहादुर फगामी रहनुभएको छ । बेनपाका मेयर हरिकुमार श्रेष्ठ संरक्षण, स्वास्थ्य चौकी […]
महारानीथान–डाँडाखेत–ठूलोखोला सडक निर्माण
विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकाम बेनी संग जोड्ने बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डमा बैकल्पीक सडक निर्माण भएको छ । बेनी नगरपालिका ७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुङ्गा, र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि ट्याक खोल्न […]
बेनीको मंगलाघाटमा प्रहरी बिट स्थापना
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ माघ । बेनी नगरपालिका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका र मंगलाघाटको […]
बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय
विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]