बेनी नगरपालिका
सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा
विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]
बेनीमा जारी जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी मंसिर १३ गते । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार क्याटरफाइनलका खेलहरु समापन भएका छन् । बेनीको खुल्ला मञ्चमा सञ्चालित खेलमा विहिवार बेनी आवशीय माविले प्रकाश माध्यमिक विद्यालयलाई २ का विरुद्ध ३ गोल गरेको छ । न्यू वेष्ट प्वाइन्ट आवशीय माविले बेनी सामुदायिकलाई १ का विरुद्ध ३ […]
को को परे नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीबाट
विकल्प न्यूज/बेनी मंसिर १३ गते । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी केन्द्रिय सचिवालयको मंगलबारको वैठकले गण्डकी प्रदेश कमिटी सदस्यहरु चयन गरेको छ । पार्टीको प्रदेश सदस्यमा म्याग्दीबाट पूर्व एमालेका ५ जना र माओवादी केन्द्रबाट ३ गरी ८ जना चयन भएका छन् । पूर्व एमालेका तर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, तत्कालिन पार्टी अध्यक्ष एवम् […]
बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने
विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]
सामाजिक सुरक्षा योजना शुभारम्भ : म्याग्दीका मजदुरहरुले मनाए खुसियाली
प्रताप बानियाँ /बेनी मंसिर ११ गते । सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् ।निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् । सदरमुकाम बेनी बजारमा रहेको क्याम्पस चोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक […]
निःशुल्क स्वास्थ्य शिविरमा ८० जना महिलाहरु लाभान्वित
प्रताप बानियाँ /बेनी म्याग्दी, मंसिर १० ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा सोमबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र लायन्स क्लब अफ म्याग्दी दोभानको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण भेगका […]
बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा
विकल्प न्यूज/बेनी मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन । सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख […]
सातौं कर दिवसका अवसरमा बेनीको कुमारी सहकारी सम्मानित
विकल्प न्यूज/बेनी मंसिर ७ गते । आन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेढलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो । ‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका […]
बेनीमा लैङ्गिक समानता तथा समावेशीता सम्बन्धी कार्यशाला
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, मंसिर ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैङ्गिक समानता तथा समावेशीता स्थानीयकरण विषयक कार्यशाला सुरु भएको छ । बेनी नगरपालिकाको संयोजनमा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीताको […]
क्यान्सरपीडित नेपालीलाई युकेबाट आर्थिक सहयोग
विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीका एकजना क्यान्सरपीडित व्यक्तिलाई युकेबाट बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार घरभई हाल युकेमा बस्ने ५७ जनाले पाउद्वारका प्रसाद नेपालीलाई आर्थिक सहयोग गरेका हुन् । पाउद्वार समाज युकेमार्फत सहयोग अभियान सञ्चालन गरी क्यान्सरपीडित नेपालीलाई नगद ८१ हजार ८२५ रुपैयाँ उपलब्ध गराइएको छ । विगत […]
गरिमा बैंकको स्थापना दिवसका अवसरमा बेनीमा रक्तदान
विकल्प न्यूज/बेनी मंसिर ७ गते । गरिमा विकास बैंकको बेनी शाखाले शुक्रवार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको १२ औं स्थापना दिवसका अवसरमा शाखा कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रमको बैंकका सञ्चालक समितिका सदस्य डाक्टर भुपेन्द्र वहादुर […]
शिक्षक पेशा सँगै मौरीपालनमा अब्बल
विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका एक शिक्षकले सरकारबाट पाउने तलब भन्दा दुईगुणा वढी मौरीपालन व्यवसायबाट कमाउनुहुन्छ । दुईदशक अघिबाट मौरीपालन व्यवसाय गर्दै आउनुभएका शिक्षक मिनवहादुर खत्री जिल्लामै अब्बल मौरीपालक कृषकका रुपमा नाम कमाउनुभएको छ । उहाँले नाम सँगै मनग्य दाम पनि कमाउन सफल हुनुभएको छ । २०५१ सालबाट शिक्षक […]
विविध कार्यक्रमसहित म्याग्दीमा १६ दिने अभियान मनाइने
विकल्प न्यूज/बेनी म्याग्दी, मंसिर ७ म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरेर यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । बिहीबार बेनी नगरपालिकाको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा बसेको वैठकमा विविध कार्यक्रमसहित १६ दिने अभियान मनाउनेबारे छलफल र अन्तत्र्रिmया गरिएको हो । वैठकमा आउँदो ९ गते अर्थात् नोभेम्बर १० तारिखका दिन सदरमुकाम बेनीमा सरोकारवाला निकाय, संघसंथा […]
सन्ध्या र साधनाले पाए शैक्षिक अभिभावक (भिडियो सहित)
विकल्प न्यूज/ बेनी मंसिर ५ गते । कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ बर्षिया सिता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् । गत महिना नेपालीको महानपर्व दसैंको दिनमा जन्मदिने आमाको मृत्यु भएपछि १३ बर्षिया सन्ध्या र ८ बर्षकी साधना घिमिरेको जीवनयापनमा ठूलो समस्या देखिएपछि सुरू भएको अभियानमा […]
१४ कथा : युद्धका जीवित स्मृति (फोटो फिचर)
प्रताप बानियाँ / बेनी मंसिर ५ गते । सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएर संघर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको आज म्याग्दीमा फोटो प्रदर्शन भएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको हो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष […]