बेनी नगरपालिका

धाइरिङ गौशालामा सामुहिक गाई पूजा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक १७ गते । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार यहाँको गण्डकी गोपाल गौशालामा समुहिक रुपमा गाई पूर्जा गरिएको छ । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित गण्डकी गोपाल गौशालामा गाउँभरीका सर्वसाधारणहरु भेला भएर सामुहिक रुपमा गाई पूजा गरेका हुन । गौशालामा एकसय २० भन्दा बढी स्थानीय जातका गाईहरु छन् […]

जलजलामा सञ्चालित एम्बुलेन्सबाट डेढसय जनाले लिए सेवा

विकल्प न्यूज/बेनीकात्तिक १२ गते । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको लक्षित बर्गलाई निःशुल्क एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा एकसय ४६ जनाले सेवा लिएका छन् । एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै सचिवालय समेत स्थापना गरेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असहाय गरिब र अपाङ्गगता भएकाहरूका लागि स्वास्थ्य संस्था जान आउन गाउँपालिकाले […]

ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन

विकल्प न्यूज\बेनीकात्तिक १० गते । गरिब तथा विपन्नको उपचारमा सघाउदै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको कोषको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा […]

म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

म्याग्दी,  कात्तिक ९ गते ।  जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ ।  कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु […]

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गलेश्वर (म्याग्दी),  कात्तिक ९ गते ।  गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको […]

म्याग्दी जेसीज कप मंसिर १७ गतेदेखि २२ गतेसम्म

विकल्प न्यूज/बेनीकात्तिक ३ गते । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका उपाध्यक्ष देबेन्द्र घिमिरेलाई […]

मालढुङ्गा–बेनी सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध आन्दोलन

विकल्प न्यूज/बेनीकार्तिक ३ गते । निर्माणधिन मालढुङ्गा बेनी सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध नागरिक आन्दोलन सुरु भएको छ । कालिगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने १३ किलोमिटरको सडक निर्माण ठेकेदारले अलपत्र पारेका कारण यात्रुले सास्ती भोग्नुपरेको भन्दै म्याग्दी र पर्वतको जलजलावासीहरु आन्दोलित भएका छन् । सडक निर्माणलाई तत्काल सुरु नगरे उक्त सडकमा सरकारी गाडीहरु […]

अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड

ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक २ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो । नारच्याङको हुमखोलाबाट सुरु […]

माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी,  असोज ३० गते ।  बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।  सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय […]

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

गलेश्वर (म्याग्दी), असोज २७  गते ।  म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर […]

आयो दशैं

विकल्प न्यूज/बेनीअसोज २४ गते । दशैं नेपालीहरुको महानपर्व हो । यसपाली पनि दशैं घरआँगनमा आइसकेको छ । दशैं पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा छ । यसो […]

बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो

ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज २४ गते । बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा गरेर बेनीको कोट […]

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

असोज २२ गते ।  म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।  पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय […]

मुक्तिनाथ सहकारीको लगानी ३९ करोड

विकल्प न्यूज\बेनीअसोज १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३९ करोड भन्दा बढी ऋण लगानी गरेको छ । बिहिबार बेनीमा सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ३९ करोड १४ लाख ९२ हजार नौसय ४८ रुपियाँ लगानी गरेको जानकारी गराइएको थियो […]

पर्यटक आकर्षित गर्न ढोलठान दरबारमा राष्ट्रिय झण्डा

विकल्प न्यूज/बेनीअसोज १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकलाई आर्कषित गर्न झण्डा तोलन गरिएको हो । बुधबार बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति […]