बेनी नगरपालिका
बहिरा विद्यार्थीलाई पुरस्कार वितरण
समिर रोका मगर /विकल्प न्युज बेनी चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै बिद्यार्थीहरुको प्रोत्साहनको लागि पुरस्कार बितरण […]
स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग
विकल्प न्यूज/बेनी चैत १ गते ।एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा पुनको सम्झनामा कोषलाई ५० […]
म्याग्दीमा प्रहरीसँग विद्यार्थी कार्यक्रम सुरु
विकल्प न्यूज/बेनी फागुन ३० गते । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन एकेडेमीका ३० […]
शान्तिकोषको कार्यालयमै आएर सहयोग
विकल्प न्यूज/बेनी फागुन ३० गते । गरिब र विपन्नको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नेहरु बढिरहेका छन् । कोषलाई सहयोग गरी आजिवन सदस्यता लिन परोपकारी मनका धनीहरु कोषको कार्यालय खोज्दै आउँछन् । यस्तै विहिवार कोषलाई सहयोग गर्न यूके र हङकङबाट घर विदामा आएका मोना हङकङका पूर्व कोषाध्यक्ष कर्णबहादुर पुर्जा, यूकेका घन […]
म्याग्दीमा बन्दको प्रभाव
विकल्प न्यूज/बेनी फागुन ३० गते । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताउनुभयो । बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सदरमुकाम बेनी […]
गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श
प्रताप बानियाँ/विकल्प न्युज म्याग्दी, फागुन २८ गते । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्शसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा अण्डाको उपभोगमा वृद्धि गर्न र स्वास्थ्य संस्थामा नियमित रुपमा चेकजाँचका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो । बेनपा–२, ज्यामरुककोट वडा कार्यालयको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको […]
लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण
विकल्प न्युज बेनी फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ ।विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले बालबालिकाको तौल, उचाई, आँखा, दाँत, नाक, कान लगायत स्वास्थ्य […]
खेलाडी सम्मानित
साधन राम्जाली /विकल्प न्युज बेनी फागुन २७ गते । म्याग्दीको बेनि नगरपालिका –७ महारानीथामा रहेको माउण्ट एभरेष्ट आवासिय माविले खेलाडीहरुलाई सम्मान गरेको छ । महारानीथान स्थित नव निर्मित भवनमा कक्षा आरम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थिहरुलाई सम्मान गरिएको हो । खुल्ला आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा गण्डकी प्रदेशमा पुरस्कृत एवम् राष्ट्रीय खेलकुदमा छनौट भएका खेलाडिहरुलाई […]
सरकार र सिके राउतबीचको वार्ता सकरात्मक : सभापति देउवा
बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।” सभापति देउवाले सरकार […]
बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न
विकल्प न्युज बेनी फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पूर्व विद्यार्थी […]
म्याग्दीमा मनाईयाे महिला दिवस (फाेटाे)
विकल्प न्युज / बेनी फागुन २४ गते । म्याग्दी मा मनाईयाे १०९ अौ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ङ
शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सहयोग
प्रताप बानियाँ म्याग्दी, फागुन २२ । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा कुसन […]
पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन
विकल्प न्युज म्याग्दी, फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् । यसैगरी सञ्जालको सदस्यहरुमा टिकाकुमारी कार्की, सुनमाया परियार, रेजिना कटुवाल, विष्णु आचार्य, राधिका बानियाँ, […]
शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग
विकल्प न्युज म्याग्दी, फागुन २२ गते । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा […]
आगोले जलेकी बालिकाको उपचारमा समस्या
आगोले जलेकी बालिकाको उपचारमा समस्या सन्तोष गौतम बेनी १९ फागुन । आगोले जरेर घाइते भएकी म्याग्दीकी एक बालिकाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ । धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि आर्थिक अभाव भएको हो । हजुरआमा बिसमती बिकका अनुसार गत माघ […]