बेनी नगरपालिका

गण्डकी प्रदेश स्तरीय छात्र भलिबलको उपाधी माउण्टलाई

साधन राम्जाली /विकल्प न्यूज पुस १७ गते ।  म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तीय छात्र भलिबलको उपाधी बेनीको माउन्ट एभरेष्ट आवशीय माविले हात पारेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक सञ्चालन भएको गण्डकी प्रदेश स्तरी अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगिताको उपाधी […]

गण्डकी प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीमा मंगलबार देखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । सात समुह सहभागी रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि […]

नेपाली काँग्रेस म्याग्दीले मनायो ४३ औं मेलमिलाप दिवस

साधन राम्जाली/विकल्प न्यूज पुस १७ गते । नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैगरि म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसम मनाइएको हो । बेनीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति खमबहादुर गबुर्जा मगर (खम्बिर)ले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्नेमा […]

५० लाख लगानीमा बेनीका युवाले खोले मौलीक खाजा घर

विकल्प न्यूज/बेनी पुस १६ गते ।  यहाँका एक युवाले  ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष […]

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १४ गते ।  म्याग्दीमा गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगिता–२०७५ शनिबारदेखि सुरु भएको छ । ‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर […]

भुपु सैनिक सहकारीद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान

विकल्प न्यूज/बेनी पुस १३ गते ।  सदरमुकाम बेनीमा सञ्चालित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । सहकारीको १३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई जनही सातहजार पाँचसयका दरले छात्रबृत्ती प्रदान गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसका सोमप्रसाद सापकोटा, विशेष केसी, रघुगंगा गाउँपालिका ६ अमर […]

तातोपानी कुण्ड निजीकरण प्रस्तावको सर्वत्र विरोध

विकल्प न्यूज/बेनी पुस १२ गते । जिल्लाको बेनी नगरपालिका ४ स्थित मुलुककै प्रख्यात प्राकृतिक उपचार स्थल तातोपानी कुण्ड भाडा दिने प्रस्तावको सर्वत्र विरोध भएको छ । कुण्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले भाडा लिनका लागि बेनी नगरपालिका सँग प्रस्ताव गरेको छ । मोनाको प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा यतिखेर तिव्र विरोध […]

स्थानीय तहसँग समन्वय नगरी पर्वत बेनीमा प्रहरीको सार्वजनिक सुनुवाई

साधन राम्जाली मगर /विकल्प न्यूज पुस १२ गते । पर्वतको जलजला गाउँपालिका–३ बेनीमा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जलजला उद्योग बाणिज्य संघको सह आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।   शान्तिसुरक्षा र प्रहरी गतिविधिका वारेमा गुनासो सुन्न,स्थानिय शान्ति सुरक्षा र लागु औषध दुव्र्यसनी नियन्त्रण तथा विभिन्न […]

तातोपानी कुण्ड भाडा दिने प्रस्ताव स्थानीयद्वार अस्विकृत

साधन राम्जालि मगर /विकल्प न्यूज पुस १२ गते । म्याग्दीको प्रख्यात तातोापनी कुण्डलाई भाडा दिने प्रस्ताव स्थानीयवासीहरुले अस्विकृत गरिदिएका छन् । म्याग्दी प्रवासी नेपाल संघ(मोना)ले तातोपानी कुण्डलाई भाडा दिन बेनी नगरपालिका सँग प्रस्ताव गरेको थियो । मोनाको प्रस्तावका वारेमा भएको छलफलमा स्थानीयवासीहरुले कुण्डलाई भाडा दिननहुने भन्दै प्रस्तावको विरोध गरेका छन् । बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय […]

तमुल्होसार पर्व कटौतीको विराेधमा बेनीमा प्रदर्शन

साधन राम्जाली मगर / विकल्प न्युज म्याग्दी बुधबार पौष ११ गते । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार राष्ट्रीय पर्वको सुचिबाट हटाइएको प्रति म्याग्दीमा बिरोध प्रदर्शन गरिएको छ । बुधबार नेपाल (तमु ह्युल छोज धिं) गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्यसमिती म्याग्दीले बिभिध कार्यक्रम सहित बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा उनिहरुले राज्यले राष्ट्रीय पर्वलाई […]

म्याग्दीमा आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिमलाई भरपुर रुपमा उपयोग गरी व्यवहारमा उतार्नुपर्ने बताएकी […]

रात्रिबसमा परिचारिका

घनश्याम खड्का /बेनी पुस १० गते । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो १ बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली । सार्वजनिक यातायातमा थोत्रा […]

मुसुङमा पुस २६ देखि पर्यटन मेला

विकल्प न्यूज/बेनी पुस १० गते ।   प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ […]

जन्मदिनमा पुस्तक उपहार

विकल्प न्यूज/बेनी पुस ९ गते । जन्मदिनको अवसरमा एक शिक्षकले विद्यालयको पुस्तकालय र विद्यार्र्थीलाई पुस्तक प्रदान गर्नु भएको छ । न्यु वेट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुने शिक्षिका सुनिता गौतमले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको पुस्तकालयलाई दुइवटा पुस्तक प्रदान गर्नु भएको हो । शिव खेडाद्वारा लिखित ूजित मेरो ू र नवराज बरालद्वारा लिखित ूनामू पुस्तक […]

प्रकाश माविको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

साधन राम्जाली मगर /विकल्प न्यूज पुस ९ गते । जिल्लाकै पुरनो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ जन्मोत्सव तथा अभिभावक दिवस मनाएको छ । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक देखि माध्यमिक तहको […]