म्याग्दीको समग्र विकास मेरो पहिलो प्राथमिकता हो : राज्यमन्त्री गर्बुजा


विकल्प न्यूज\बेनी
जेठ ४ गते ।

नेपाल सरकारका नवनियुक्त उर्जा,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।


आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो ।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो । पश्चिम म्याग्दी मात्र नभई बागलुङ ,पुर्वी रुकुम ,डोल्पा जोड्ने जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडा नम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि लामो समयदेखि आफुले दौडधुप गरिरहेको बताउँदै छिट्टै बेलिब्रिज बनाउने गरी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

#ADD

‘‘वर्षौदेखिको समस्या समाधान गर्न बेलीब्रिज बनाउन प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले सहयोग गरिरहनुभएको छ । लामो समय दौडधुप गरेपछि संघीय सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पनि बेलीब्रिज बनाउनको लागि प्रक्रिया अगाडी बढाएको छ ,’’ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो । उहाँले आफ्नो पहलमा जिल्लामा बेनी बजार चक्रपथ ,तातोपानी बजार संरक्षण ,नदि नियन्त्रण आयोजना ,बृहत खानेपानी लगायत ठुला विकास आयोजनाहरु भित्रिएको स्मरण गराउँदै आफ्नो कार्यकालमा थप विकास बजेट भित्र्याउने पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ , उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारीले बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।बेनी नगरपालिका परिसरदेखि संगमचोक स्थित पार्टी कार्यालय सम्म नेता तथाकार्यकर्ता ,शुभेच्छुक लगायतले बाजागाजा ,¥याली सहित भव्य स्वागत गरेका थिए ।

पार्टी कार्यालयमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बधाई सहितको सम्मानपत्र समेत प्रदान गरिएको थियो । पार्टी जिल्ला सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।