ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

रघुगंगाको दुर्गम कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई

धिरन खत्री/बेनी म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई लक्षित गरेर ५ लाख रुपैया लागतमा […]

तस्विरमा कोट गाउँको सुन्दरता (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । रघुगंगा गाउँपालिका ६ स्थित कोटगाउँ । तस्विर ठाकुरप्रसाद आचार्य

ठेकेदारको लापरवाही ः अध्यक्षले भत्काइदिए भवनको पिल्लर(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २३ गते । जिल्लाको एक विद्यालयको भवन बनाउँदा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माध्यामिक विद्यालयको चार कोठे भवन निर्माण गर्दा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको हो । कमसल र गुणस्तरहिन सामाग्रीको प्रयोग गरेको पाइएपछि निर्माण गरिएका भवनका दुइवटा पिल्लर भत्काइएको छ । […]

कांग्रेसकाे दग्नाममा जागरण अभियान

विकल्प न्युज बेनी, जेठ २० गते ।युवा नेता तथा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले कम्युनिष्ट सरकारको कारण जनतामा त्रास पैदा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको राष्ट्रिउ जागरण अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाममा आयोजित आमसभालाई सम्बोधन गर्दै युवा नेता एवम् पार्टी सहसचिव रकालले यस्तोे जिक्कीर गर्नुभएको हो । जागरण अभियानको संयोजक समेत […]

रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती

विकल्प न्यूज/बेनी जेठ १६ गते । बेनी नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा वाढीरहेका समयमा यता जिल्लाको रघुगंगगा गाउँपालिकाले भने त्यस्ता खर्चलाई कटौती गर्ने निर्णय गरेको छ । फजुल खर्चमा कटौती गरेर गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न खोजेको छ । गाउँपालिकाले प्रशासनीक र अनावश्यक फजुल खर्चमा भारी कटौतीको प्रस्तावलाई पारित गरेको छ । […]

रघुगंगाको ५ नम्बर वडा झिँ का सवै योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ १५ गते ।  जिल्लाको रघुगंगा गाउँपालिकाको ५ नम्बर वडा झिँमा चालु आर्थिक वर्षमा विनियोजन गरेका पूर्वाधार तथा सामाजिक विकास तर्फका योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरी गाउँपालिकाबाट विनियोजन भएका सडक,खानेपानी,पुल,पदमार्ग,खेलकुद मैदान निर्माण,लगायत अन्य सामाजिक तर्फका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले जानकारी दिनुभयो ।योजनाहरु सम्पन्न गर्नका लागि गाउँपालिकाबाट चालु आर्थिक […]

भिडियोमा हेर्नुहोस दर्मिजाको तातोपानी कुण्ड

विकल्प न्यूज/बेनी जेठ १४ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँ स्थित रघुगंगा नदीको किनारमा रहेको तातोपानी कुण्ड । रोग निको हुने विश्वासका साथ विदेशमा वसोवास गर्ने नेपालीहरु पनि तातोपानी कुण्डमा स्नानका लागि आउने गर्दछन् । तातोपानी कुण्डमा भौतिक पूर्वाधारको विकास गरेर स्वास्थ्य पर्यटनको केन्द्र बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । […]

भगवतीमा योजना तर्जुमा तथा ज्येष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ १३ गते । रघुगंगा गाउँपालिकाले वडास्तरीय योजना तर्जुमा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तिव्रता दिएको छ । गाउँपालिको आईतबार वडा नम्वर २ राखु भगवतीको वडा कार्यालयको परिसरमा बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई दोषल्लाले सम्मान गर्दै बस्तुगत सहायता वितरण गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर […]

पिप्लेका ज्येष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज /विकल्प न्यूज जेठ ११ गते । विकल्प न्यूज रघुगंगा गाउँपालिका– ३ पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत रमेश […]

दग्नामवासीको मौलिक संस्कृति – लिङ्गो जुधाई

विकल्प न्यूज\बेनी जेठ ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा दुवै बराबरी भएका छन् । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा दुवै गाउँ बराबरी भएको स्थानीय अगुवा शेरबहादुर गुर्वजाले बताए । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको […]

झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

विकल्प न्यूज/बेनी जेठ ७ गते ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र पाखापानीमा वडा कमिटि […]

संस्कृति जोगाउन अग्रसर

विकल्प न्यूज/बेनी संस्कृति जोगाउन अग्रसर । मगर समुदायको लोप्रिय पुख्र्यौली ख्याली सोरठी नाचको समुह । पर्यटकीय स्थल टोड्केमा संचालनमा ल्याइएको टोड्के हिल रिसोर्टको उद्घाटनमा उपस्थित रघ्ुगंगा गाउँपालिका ५ झींका पुख्र्यौली ख्याली सोरठी नाचको समुह । गाउँमा परम्परागत कला संस्कृतिको संरक्षण गर्न समुह गठन गरेर जुटेका छन् । तस्विर साधन राम्जाली 

रघुगंगाका गाउँगाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी जेठ ७ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपियाँ बजेट विनियोजन गरेको छ । खेलक्षेत्रको विकासका लागि गाउँपालिकाले खेलकुद मैदान निर्माण,मर्मत,तारझाली लगाउने र स्टेज निर्माण गर्न ८२ लाख ५५ हजार रुपियाँ विनियोजन गरेको हो । विनियोजन गरेको यो ठूलो रकम हो । गाउँपालिकाका सवै वडाहरुमा व्यवस्थित […]

रायखोरका शिक्षिकाले बनाए गाउँमा नमुना विद्यालय (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ७ गते । रायखोर/ देशभरका सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदो छ । शैक्षिक गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम तिव्र छ । तर जिल्लाको एक अति दुर्गम गाउँको एक विद्यालय भने संस्थागत विद्यालय भन्दा कुनै कम छैन । शैक्षिक गुणस्तर र व्यवस्थापनका हिसाबले उक्त विद्यालय अब्बल […]

कुइनेमंगलेले ग¥यो असारे विकासको अन्त्य ः सवै योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  रघुगंगगा गाउँपालिकाको सवै भन्दा दुर्गम वडा नम्बर ८ स्थित कुइनेमंगलेका स्थानीयवासीहरुले असार विकासलाई अन्त्य गर्दै बैशाख मसान्त भित्र नै सवै योजना सम्पन्न गरेका छन् । चालु आर्थिक वर्षमा वडाबाट सिफारिस भई गाउँपालिकाबाट विनियोजित विकास योजनाहरु समयमै सम्पन्न भएका हुन । गाउँपालिकाबाट भौतिक पूर्वाधार र सामाजिक विकास तर्फका गरी ३७ वटा […]