रघुगंगा गाउँपालिका
रघुगंगाका जनप्रतिनिधिको दशै भत्ताले स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर खरिद गर्ने

विकल्प न्यूज/बेनी कार्तिक ५ गते । रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले दसैं भत्ता फिर्ता गरी गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर खरिद गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई आधारमा दशैंभत्ता बुझेका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गरी अक्सिजन सिलिन्डर सहितको उपकरण खरिद […]
म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]
कांग्रेसद्धारा दग्नामका पहिरोपीडितलाई राहत वितरण

विकल्प न्यूज/ बेनी असोज २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडित लाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरोपीडित २४ घरपरिवारलाई काँग्रेस सभापति खमबहादुर गर्बुजा खम्बीरको पहलमा पीडितहरुको बर्गिकरण गरी राहत वितरण गरिएको हो । प्रभावितका आधारमा क,ख,ग र घ गरी क्रमशःदशहजार पाँच सय, छ हजार पाँच सय, […]
लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी असोज २ गते । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको हो । शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग […]
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना

विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान्सरको अप्रेशन गरिएपनि लामो समयसम्म किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र […]
रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार

विकल्प न्यूज/बेनी भदौं १७ गते । कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले […]
गाई काटेको आरोपमा बेनीमा ४ जना पक्राउ

विकल्प न्यूज/बेनी साउन २० गते । गाई काटेर बजारमा मासु विक्री गरेको आरोपमा बेनीबाट सोमबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा छाडा रुपमा छाडिएका गाई गोरुलाई उनीहरुले काटेर मासु विक्री गर्ने गरेको खुलेको हो । मालिका गाउँपालिका ५ घर भई हाल कालिपुल वस्ने वर्ष ३५ का हिरा रसाइली,बेनी नगरपालिका ६ अर्थुङ्गेका वर्ष ४८ का […]
म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी

विकल्प न्यूज/बेनी असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना […]
म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]
राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका -३ राहुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । राहुघाट सल्लेरी बनको पाखोबाट पहिरो खस्न थालेपछि उक्त बस्ती जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीय लक्ष्मण चालीसेले बताए । ‘पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन विस्थापित हुनुपर्ने अवस्था आयो,’ […]
भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]
सलह किरा संकलन गर्नेलाई रघुगंगा गाउँपालिकाले १५ रुपैयाँ दिने

विकल्प न्युज/ बेनी असार १५ गते । भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई प्रतिकिलो रु १५ दिने निर्णय गरेको गरेको छ । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा सलह देखिएपछि म्याग्दीमा समेत भित्रिने जोखिमलाई मध्यनजर गदै गाउँपालिकाले हरेक वडाभित्रका किसानलाई आवश्यक सर्तकता अपनाउन सूचना जारी गर्दै […]
रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ पढ्नुहोस)

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि बजेट गाउँसभाबाट पारित भएको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेटको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस् रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य […]
यस्तो छ, रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा अध्यक्ष भव बहादुर भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई […]
रघुगंगाको बजेट ३९ करोड ७४ लाख (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ३९ करोड ७४ लाख ३५ हजार दुईसय चालिस रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार आयोजित ८ औं गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले चालु तर्फ २८ करोड १९ लाख ४५ हजार चारसय २० र पूँजीगत तर्फ ११ […]