रघुगंगा गाउँपालिका
म्याग्दीका तिन उद्योगी सम्मानित
विकल्प न्यूज/बेनी मंसिर९गते। म्याग्दीका तिनजना उद्योगीहरु सम्मानित भएका छन् । छैटौं राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले औद्योगीक विकासमा योगदान पु¥याएको भन्दै उद्योगीहरुलाई सम्मान गरेको हो । बेनीको न्यूरोडमा रहेको धौलागिरि डेरी उद्योगका प्रोपाइटर विरेन्द्र उपाध्याय,रेमण्ड सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रोपाईटर शोभा सेन र गलेश्वर सिस्नु पाउडर एण्ड मसला […]
मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग
विकल्प न्युज/ बेनी मंसिर ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ। सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो । यसबर्षको अविरल बर्षासँगै विभिन्न बस्तीमा […]
म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि एक महिला, वडा नम्बर ७ मा १ पुरूष र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा १ जना र रघुगंगा गाउँपालिका […]
रिजालको उपचारमा जुट्यो २ लाख ९१ हजार बढी सहयोग
विकल्प न्युज/बेनी म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको […]
आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’
राकेश शर्मा /बेनी कार्तिक ९ गते । अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ । उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ […]
रघुगंगाका जनप्रतिनिधिको दशै भत्ताले स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर खरिद गर्ने
विकल्प न्यूज/बेनी कार्तिक ५ गते । रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले दसैं भत्ता फिर्ता गरी गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर खरिद गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई आधारमा दशैंभत्ता बुझेका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गरी अक्सिजन सिलिन्डर सहितको उपकरण खरिद […]
म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता
विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]
कांग्रेसद्धारा दग्नामका पहिरोपीडितलाई राहत वितरण
विकल्प न्यूज/ बेनी असोज २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडित लाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरोपीडित २४ घरपरिवारलाई काँग्रेस सभापति खमबहादुर गर्बुजा खम्बीरको पहलमा पीडितहरुको बर्गिकरण गरी राहत वितरण गरिएको हो । प्रभावितका आधारमा क,ख,ग र घ गरी क्रमशःदशहजार पाँच सय, छ हजार पाँच सय, […]
लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
विकल्प न्यूज/बेनी असोज २ गते । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको हो । शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग […]
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना
विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान्सरको अप्रेशन गरिएपनि लामो समयसम्म किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र […]
रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार
विकल्प न्यूज/बेनी भदौं १७ गते । कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले […]
गाई काटेको आरोपमा बेनीमा ४ जना पक्राउ
विकल्प न्यूज/बेनी साउन २० गते । गाई काटेर बजारमा मासु विक्री गरेको आरोपमा बेनीबाट सोमबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा छाडा रुपमा छाडिएका गाई गोरुलाई उनीहरुले काटेर मासु विक्री गर्ने गरेको खुलेको हो । मालिका गाउँपालिका ५ घर भई हाल कालिपुल वस्ने वर्ष ३५ का हिरा रसाइली,बेनी नगरपालिका ६ अर्थुङ्गेका वर्ष ४८ का […]
म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी
विकल्प न्यूज/बेनी असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना […]
म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु
विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]
राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका -३ राहुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । राहुघाट सल्लेरी बनको पाखोबाट पहिरो खस्न थालेपछि उक्त बस्ती जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीय लक्ष्मण चालीसेले बताए । ‘पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन विस्थापित हुनुपर्ने अवस्था आयो,’ […]