ताजा समाचार:
Search

रघुगंगाको नवौ गाउँसभा सूरु

विकल्प न्यूज/बेनी
पुस  ९ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको नवौं गाउँसभा गाउँपालिका केन्द्र मौवाफाँटमा सुरु भएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको गाउँसभामा प्रस्तुत भएका विभिन्न ११ वटा प्रस्तावहरुका वारेमा छलफल गरी पास गर्ने कार्यसूचि रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पछिल्लो समयमा गाउँपालिकामा बन्ने १० शैयाको अस्पतालको विषय विवादित बनेपछि स्थान छनौंट पनि यही गाउँसभा मार्फत गरिने भएको छ ।

गाउँसभाले विवादित बनेको १० शैयाको अस्पताल बनाउने वारेमा पनि आवश्यक निर्णय लिने भएको छ । वडा नम्बर १ को बेग र ३ पिप्ले कुन ठाउँमा अस्पताल बनाउने विवादका कारण मंसिर १५ गते अस्पतालको शिलान्यास हुन सकेन । गाउँसभामा अस्पताल बनाउने विषयमा सहमति नजुटे मतदानबाट निर्णय लिइने भएको छ ।

गाउँसभामा योजनाहरुको संशोधनको अनुमोदन,आम्दानी र खर्चको अनुमोदन,विनियोजन एैन २०७७ मा संशोधन, आव २०७५ /०७६ को बेरुजु फछ्यौट,आलेप पारित,विभिन्न समिति गठन, रघुगंगाको शिक्षा एैन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन,दग्नाम स्वास्थ्य चौकको लागि जग्गा प्रयोगको सहमति,हाल सम्म भएका निर्णयको अनुमोदन, १० शैयाको अस्पताल बनाउने निर्णय लगायतका प्रस्तावहरु गउँसभामा प्रस्तुत भएका छन् । अस्पताल बनाउने विषयमा गाउँसभाले उचित निर्णय लिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँसभामा गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्नो धाराणहरु राख्नुभएको थियो । गाउँसभा भोली सम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

यस अघिको कार्यापालिका वैठकले पिप्ले स्वाथ्यचौकीलाई स्तरउन्नती गरेर १० शैयाको अस्पताल बनाउने विषयमा निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतबाट अनुमोदन भएको विषयलाई कार्यान्वयन नगरेर विवाद झिकेको भन्दै वडा नम्बर ३ का वडा अध्यक्ष जिवन मल्लले गाउँसभा वहिष्कार गर्नुभएको छ ।उहाँले कार्यालपालिकाले गरेको निर्णय लाई कार्यान्वनय नगरे आन्दोलन हुने चेतावनी दिनुभएको छ । पिप्लेमा नै अस्पताल बनाउनुपर्ने भन्दै पिप्लेवासीहरु विहिवार नै गाउँपालिकामा डेलिगेशन समेत आएको थिए ।