मालिका गाउँपालिका
बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज पुस २७ गते । दरवाङ/ मालीका गाउँपालिका ३ रुमका हर्ममान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलीएका छोरा बिरबहादुरको हातको भिडीयो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गर्नुभयो । लडेर हात भाँचीएको धौलागिरी गाउँपालिका ७ का बिसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परिक्षणका लागि सदरमुकाम […]
मालीका गाउँपालिकाले सडक र घरको मापदण्ड तोक्यो

सन्तोष गौतम/विकल्प न्यूज पुस १८ गते । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम […]
निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित
सन्तोष गौतम /विकल्प न्यूज दरवाङ ११ पुस । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो क्लबको आयोजनामा तिन दिनसम्म शिवीर सञ्चालन […]
जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]
म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]
जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन वाम गठबन्धनलाइ मत दिन आग्रह
विकल्प न्यूज/बेनी म्याग्दी २१ कात्तिक । चुनावी तालमेल र पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पहिलो चरणको चुनावी अमसभा सकेको छ । मंगला, मालीका र धौलागिरी गाउँपालीकाको सबैजसो वडा स्तरमा प्रतिनिधि र प्रदेशसभाका उमेद्वार सहितको टोलीले घरदैलो, कार्यकर्ता, भेटघाट र चुनावी सभा गरेको गठबन्धनले बुधबारदेखि क्षेत्र (क)को बेनपा ३ भकिम्लीदेखि […]
जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कार्तिक २० गते । नेपाली काँग्रसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीमा चुनावी अभियानलाई गाउँगाउँ सम्म पु¥याएको छ । लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम वहादुर (खम्बिर) गर्बुजा सहितको टोली सोमवार मालिका गाउँपालिकाको वडा नं २ रुममा पुगेको छ । रुम भएको चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले जिल्लाको विकास गरि जनताको अनुहारमा खुसि ल्याउन […]
लोकतान्त्रीक गठबन्धनको चुनावी अभियान तिव्र
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । आसन्न मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनमा मत माग्न उम्मेदवार सहित लोकतान्त्रीक गठबन्धन गाउँपसेको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धनले रघुगंगा गाउँपालिकामा चुनावी कार्यक्रम सकेर धौलागिरि र मालिका गाउँपालिकामा पुगेको छ । चरणको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा […]
दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । म्याग्दीको मालीका गाउँपालिकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ । भेलामा नेकपा […]
वाम गठबन्धनको रुममा चुनावी सभा

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको मालीका गाउँपालिका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन् । आमसभालाई […]
वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय […]
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सुरू
सन्तोष गौतम \ विकल्प न्युज म्याग्दी २६ असोज । म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी सेवा सुरु गरेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा रहेको केन्द्रले सेवाग्राहीलाई सुपथ मूल्यमा औषधी बिक्री गर्न फार्मेसी सञ्चालनमा ल्याएको हो । स्वास्थ्य केन्द्रले फार्मेसी सञ्चालन गरेपछि औषधी खरिदका लागि निजी किल्नीकमा जानुपर्ने बाध्यता हटेको छ । सरकारले निशूल्क […]
यसरी जुट्यो देविस्थानको भिम माविलाई एक करोड
सन्तोष गौतम/विकल्प न्यूज असोज २४ गते । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले एक करोड रुपैयाँ जुटेको छ । मालीका गाउँपालिका ५ देविस्थानमा रहेको भिम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियान मार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालीत अभियानका […]
दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या
सन्तोष गौतम/विकल्प न्यूज असोज १५ गते । म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । […]