मालिका गाउँपालिका
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु […]
मालिका गाउँपालिकामा नौसय जनाको निशुल्क स्वास्थ्य बिमा

ठाकुरप्रसाद आचार्यअसोज १७ गते । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लोककल्याणकारी नीतिलाई अघि सारेको छ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमामा समावेश गर्ने नीति गत असारमा सम्पन्न भएको गाउँसभाबाट पारित गरेको थियो ।चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समावेश भएको बिमा कार्यक्रम कार्यान्वयन सुरु भएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले […]
पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

विकल्प न्युज/ बेनी साउन २६ गते । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो । पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक […]
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी, साउन २६ गते । सडकमा खसेको पहिरो । तस्विर सूर्यकिरण न्यौपाने सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो । शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने […]
हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी, साउन २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान […]
बिमकाे डाँडा गाउँमा ‘एक घर , एक धारा’

विकल्प न्यूज/बेनीसाउन ११ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान […]
मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै

विकल्प न्यूज/बेनीअसार २९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’ मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका […]
दरवाङमा सेनाको एकिकृत स्वास्थ्य शिविर

दरवाङ, २७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको संयोजनमा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा भएको शिविरमा श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं. २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल […]
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

विकल्प न्यूज/बेनी जेठ १३ गते । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ […]
यातायात सञ्जालसँग जोडियो मालिकाको निस्कोट

म्याग्दी, वैशाख ३० गते । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि […]
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा सम्पन्न

ध्रुवसागर शर्मा \दरबाङ वैशाख ३० गते । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो । […]
बिमका मिर्गौला रोगबाट पीडित धनबहादुरको सहयोगका लागि १४ लाख सहयोग

विकल्प न्यूज /बेनी बैशाख १५ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ । बिम मालिका सङ्घ अन्तर्राष्ट्रिय विभाग संयोजक एवम् समाजसेवी कृष्ण जुग्जालीको संयोजकत्वमा बिम घर भई हाल विभिन्न देशमा रहेका बिमवासीबाट सङ्कलित सो रकम शेरपुञ्जाको उपचारमा सहयोग गरिएको हो । दुवै मिर्गौला […]
रुमको दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

गलेश्वर (म्याग्दी), वैशाख ४ गते । म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो […]
म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

बेनी, १९ चैत ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो, ओरालोमा हिडडुल गर्दा चिप्लिएर लड्ने, […]
मालिकामा एमालेको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी फागुन २५ गते । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ । अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त […]