धवलागिरी गाउँपालिका

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, २८ वैशाख ।   म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा […]

अनुकुल मौसमपछि आरोहीहरु धौलागिरिको चुचुरोतर्फ

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख २७ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु करिब ४ हजार सातसय मिटर उचाईमा रहेको आधारशिविरमा तिनहप्ता रोकिएका थिए । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका […]

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

बेनी, वैशाख २२ गते ।  धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो […]

धवलागिरिमा मेलमिलाप सम्बन्धी तालिम

२१ वैशाख ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता […]

म्याग्दीको गुर्जालाई पूर्ण खोप सुनिश्चिता घोषणा

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । गुर्जालाई घोषणा गरिएसँगै पालिका नै पूर्ण पूर्णखोप सुनिश्चिता भएको छ । १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई जन्मदेखि १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएको भेटिएपछि गाउँपालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा […]

गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभूषा सामग्री सहयोग

विकल्प न्यूज/बेनी बैशाख १९ गते ।  म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले आयोजना गरेको कार्यक्रममा […]

धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १४ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधारशिविरमा पुगिसकेका छन् । उनीहरु अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमै रोकिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष […]

धौलागिरि आधार शिविरमा आरोहीको चलहपहल

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख १३ गते । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार […]

धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला

वैशाख १२ गते ।   धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ । म्याग्दीस्थित धौलागिरि बेसक्यापको स्विस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक ट्रेकिङ भरिया राईको शव भेटिएको हो । आधार शिविरबाट फर्कने क्रममा शुक्रबार साँझ बेपत्ता भएका तीन जना मध्ये दुई […]

म्याग्दीको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना

 विकल्प न्यूज/बेनी चैत ३० गते । तस्विर ताकमकोतमा स्थापना गरिएको हनुमानको मुर्ती \माधव सुवेदीको फेसबुकबाट  म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट […]

मतदातालाई धन्यबाद दिन सांसद गर्बुजा गाउँगाउँमा

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।चुनाव जितेपछि आफ्नो […]

धौलागिरि आधार शिविरमा हेलिकप्टर आकस्मिक अवतरण

चैत २६ गते ।  फाइल तस्विर म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार विहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो  । ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो […]

सांसद जुग्जालीको धवलागिरीमा जनभेटघाट

विकल्प न्यूज\बेनी चैत २३ गते । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान लिएर धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पुग्नुभएको छ । जुग्जालीले बुधबार धवलागिरी गाउँपालिकाको लुलाङ, लमसुङ, खोरीया, मुना, मुदी र मच्छिममा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको […]

मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

विकल्प न्यूज\बेनी चैत ८ गते । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर […]

सामाजिक सञ्जालबाट हुने हिंसा न्युनीकरणमा जोड

प्रताप बानियाँ/म्याग्दी । फागुन २७ गते । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा सामाजिक सञ्जालबाट हुने यौनिक तथा लैङ्गिक हिंसाको विषयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारालक्षित कार्यक्रम गरिएको हो । मिलन म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र लुलाङ वडाको समन्वयमा […]