धवलागिरी गाउँपालिका

दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

गोपाल आचार्य/ताकम ताकम २ मंसिर ।म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् । साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको हो । दिवंगत बुवा […]

लोकतान्त्रिक गठबन्धनको मुनामा चुनावी आमसभा, मुदीमा भेटघाट

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । धौलागिरि गाउँपालिका–३ मुनामा शनिबार लोकतान्त्रिक गठबन्धनले चुनावी आमसभा सम्पन्न भएको छ । आगामी मंसिर–१० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभालाई सम्बोधन गदैं निर्वतमान सांसद रेशम बहादुर बानियाँले पश्चिम म्याग्दीको विकासमा लोकतान्त्रिक गठबन्धन प्रतिबद्ध रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका भित्र रहेका सम्भावना र आवश्यकताका […]

ताकममा काँग्रेसको चुनावी आमसभा

विकल्प न्यूज/बेनी कार्तिक २४ गते । प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले विकास निर्माणको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीको सुन्दर भविष्यका लागि निरन्तर सक्रिय हुने बताएका छन् । आगामी मंसिर–१० गने हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभा शुक्रबार ताकममा सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा […]

“मतलाई पैसामा बेच्दा जनताले दःुख पाउँछन्”– थापा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती […]

श्रमजिवी र पीछडीएका जनताको उत्थानका लागि वामपन्थीको सरकार आवश्यक

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ कात्तिक । नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालका श्रमजिवी, गरिब, उत्पीडित, महिला, दलितको उत्थानका लागि कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरी गाउँपालीका ४ मुदीमा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले नेता थापाले नेपाली काँग्रेसका कारण नेपालमा अस्थिरता र बिदेशी हस्तक्षेप निम्तीएको बताउँदै राजनितिक […]

धौलागिरी गाउँपालिकामा विकासको ढोका खोल्ने वाम उम्मेदवारहरुको प्रतिवद्धता

विकल्प न्यूज /बेनी कार्तिक १८ गते । आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा – प्रदेशसभा निर्वाचनको प्रचारमा उम्मेदवार सहित निस्केको वाम गठबन्धनको मूख्य प्रचार अभियान धौलागिरि गाउँपालिकामा पुगेको छ । शुक्रवार धौलागिरि गाउँपालिका ताकममा भएको कार्यक्रममा वाम उम्मेदवारहरुले विकासको ढोका खोल्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले धौलागिरिको साधनस्रोतको परिचालन गरेर आगमी पाँचवर्ष भित्रमा समृद्ध र […]

ताकमको घुम्ती शिवीरमा १२१ जनालाई नागरिकता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा बिहीबार घुम्ती शिवीर सम्पन्न भएको छ । धौलागिरी गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो […]

ताकममा घुम्ती शिवीर – चन्द्रबहादुरले ७६ वर्षमा नागरिकता पाए

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा बुधबार घुम्ती शिवीर सुरु भएको छ । धौलागिरी गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । प्रमुख […]

दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

सन्तोष गौतम/विकल्प न्यूज असोज १५ गते । म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । […]

यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]

यस्तो छ मराङमा सडक पु¥याउने तयारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ । धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय […]

पदमार्ग निर्माणमा अनियमितता

सन्ताेष गौतम । भदौ २७ गते । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको […]

पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५० हजार […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते ।  कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव  खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर  वडा सचिवहरु अझै सदरमुकाममै  विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन  म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]

पहिरोले मराङखोला थुनियो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला पहिरोका कारण थुनिएको छ । मराङको कोट बान्चन भन्ने ठाउँबाट शनिबार बिहान खसेको पहिरोले खोला थुनिएको हो । मराङखोला म्याग्दी नदीको सहायक नदी हो । पहिरोले खोला थुनिएपछि ठूलो तलाउ बनेको धौलागिरी गाउँपालीका ६ का वडा अध्यक्ष राजाराम सुवेदीले […]