मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ फागुन । IMG_6648म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।  धौलागिरी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुना, मुदी, लुलाङ, गुर्जा र ताकमका एक हजार २७३ जना सर्वसाधारणले शिवीरबाट विभिन्न दश किसीमका सेवा लिएका धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

शिवीरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री, हाडजोर्नी तथा नशारोग, आँखा, दाँत, सर्जरी, मुटुरोगसंग सम्बन्धित उपचार सेवाका साथै ईसीजी, भिडीयो एक्सरे, परिवार नियोजन सेवा, परामर्श र निशूल्क औषधी वितरण गरिएको थियो ।

५०८ जनाले दाँत, ३५९ जना महिलाको पाठेघरको क्यान्सर परिक्षण, ३८ जनाले ईसीजी, २२१ जनाले आँखा, २०१ ज्नाले भिडीयो एक्सरे, ५५२ जनाले रगत, दिसा, पिसाव परिक्षण, ९ जनाले माईनर अप्रेशन सेवा लिएका छन् । यसैगरी ३१ जनाले परिवार नियोजनको अस्थाई साधन ईम्पलान्ट राखेका छन् ।

गाउँमै विशेषज्ञ सेवा पाएपछि दुर्गम ग्रामिण क्षेत्रका बासिन्दालाई राहत मिलेको छ । ग्रामिण क्षेत्रमा रोग लुकाएर र सहेर बस्न बाध्य भएकालाई टेवा मिलेको उनले बताए । बेनी, पोखरा, काठमाडौका अस्पतालको सेवा गाउँमै पाएकोमा ताकमका रामबहादुर खत्रीले खुसी व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेको नेतृत्वमा ग्राण्डी अस्पतालका सर्जन डाक्टर सुसील सापकोटा, बेनी अस्पतालका बिवेक पौडेल, तिलक गौतम, भुषण सुवेदी, धनबहादुर थापा, पर्वत अस्पतालकी चिकित्सक हेमा छन्त्याल लगायतको टोलीले सेवा दिएको थियो ।

कमजोर आर्थिक अवस्था, गरिबी र भौगोलिक बिकटताका कारण सहर बजारका अस्पतालमा पुगेर सेवा लिन नसकेका दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिवीर सञ्चालन गरिएको गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य शिवीर सञ्चालनका लागि गाउँपालीकाले तिन लाख रुपैया बजेट बिनियोजन गरेको थियो । परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफ्फो) र युएसआईडीले समेत सहयोग गरेका छन् ।

यो शिवीरबाट सेवा लिन नसकेका ५ नम्बर वडा मल्कवाङ र ६ नम्बर वडा मराङका बासिन्दालाई लक्षित गरेर स्वास्थ्य शिवीर र गाउँपालीकाको सबै बस्तीलाई समेट्ने गरेर निशूल्क आँखा शिवीर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष पुनले बताउनुभयो ।