Search

धवलागिरी गाउँपालिका

गुर्जामा व्यवसायिक तरकारी खेती तालीम सुरु

चित्र छन्त्याल/विकल्प न्यूज गुर्जा ५ भदौ ।म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक कुलबहादुर खत्रीले […]

मुदीमा सरसफाई अभियान सञ्चालन गरिने

विकल्प न्यूज/बेनी भदौं १ गते ।धवलागिरी गाउँपालिका–४ मुदीमा गुडनेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग,धवलागिरी गाउँपालिकाको समन्वयमा कदम म्याग्दीले बुुद्धि विकास माविमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तालिम तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा कदम म्याग्दीकी जनस्वास्थ्य सहायक निरमाँया मिजारले गरेकी थिईन् । कार्यक्रममा सरसफाईले ब्यक्तिगत तथा समाजको सुन्दरतालाई सघाउने भएकाले पनि गाउँमा सरसफाई […]

ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार

गोपाल आचार्य/विकल्प न्यूज ताकम २७ साउन ।म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित रुपमा आधारभुत पूर्वाधार […]

लुलाङ र गुर्जाको सीमाना देउराली डाँडामा बाख्रापालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन १७ गते । बाख्राको स्यार गर्दै नरदेवी विक । तस्विर ठाकुरप्रसाद आचार्य  केही वर्ष अघि लुलाङकी नरदेवी विकलाई घरखर्च चलाउन र बालबच्चाको पालनपोषण गर्न कठिन थियो । दुइछाक टार्न पनि छिमेकीको घरमा मजदुरी गर्नुपर्ने बाध्याता थियो नरदेवीलाई । धौलागिरि गाउँपालिका २ लुलाङ र १ गुर्जाको सिमानामा पर्ने देउराली डाँडामा पाँच वर्ष […]

धौलागिरिमा अब सधैं गाडी गुड्ने

घनश्याम खड्का /बेनी साउन ६ गते । जिल्लाको ४५ प्रतिशतभन्दा बढी भुभाग ओगट्ने दुर्गमको धौलागिरि गाउँपालिकामा अब सबै याम गाडी पुग्ने भएको छ । मालिका गाउँपालिका ५ र धौलागिरी गाउँपालिका ७ को सीमामा पर्ने दाङखोलामा अस्थायी पुल निर्माण भएको हो । पक्की पिलरमाथि फलामे बिम राखेर बनाइएको अस्थायी काठे पुल १८ मिटर लम्बाइ, ३ मिटर चौडाइ रहेको […]

धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ६ गते । धवलागिरी गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न […]

गुर्जाको सार्वजनिक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध

चित्र छन्त्याल/विकल्प न्यूज गुर्जा ५ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको सार्वजनिक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध लगाइएको छ । मदिरा र जुवातासका कारण विकृती, सद्भावमा खलल्, कुटपिट, झैझगडा, कुलत, घरेलु हिंसा, सामाजिक, सांस्कृतीक बिचलन, शिक्षा र स्वास्थ्यमा असर देखिन थालेपछि वडा समितिले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गुर्जाको हिमाली आमा समूहसंगको सहकार्यमा […]

दाङखोलाको बेलिब्रिज काे बारेमा भएका टिप्पणीकाे गाउँपालिकाद्धारा खण्डन

सन्तोष गौतम /विकल्प म्याग्दी ३ साउन । धवलागिरी गाउँपालिकाले फेदी स्थित दाङखोलामा निर्माण भएको “बेलिब्रिज”को बारेमा सामाजिक सञ्जालमा भएका टिप्पणी र आरोपको खण्डन गरेको छ । मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा निर्मीत (बेलिब्रिज) नामाकरण गरिएको अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत, दिगोपना र विश्वसनीयताको विषयमा सामाजिक सञ्जालमा टिप्पणी र आलोचना भईरहेको […]

दाङखोलाको बेलिब्रिज निर्माण उपभोक्ता समितिद्धारा हिसाब सार्वजनिक

विकल्प न्यूज/बेनी साउन १ गते । धवलागिरी गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज निर्माण गरेको उपभोक्ता समितिले मंगलबार हिसाब सार्वजनिक गरेको छ । गाउँपालिकाले गौरवको आयोजना मानेको पुल निर्माण गरेको उपभोक्ता समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै हिसाब सार्वजनीक गरेको हो ।समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा […]

लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार ।म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षति पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । […]

दाङखोलामा बेलिब्रिज जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ । दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष पुनले गाउँपालिकालाई जोड्ने […]

पुल बनाउँदा पाएको ज्याला विद्यालयलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ असार । म्याग्दीको धौलागिरी गाउँपालिका २ खोरीयाका बासिन्दाले ज्याला वापत पाएको नगद सामुदायीक विद्यालयलाई सहयोग गरेका छन् । धनमाने स्थित दरखोला माथि झोलुङ पुल निर्माणका क्रममा मजदुरी गरेका खोरीयाका बासिन्दाले ज्याला वापत पाएको दुई लाख रुपैया सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराएका हुन् । पुल निर्माणका लागि […]

लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरी गाउँपालिकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न भुगर्वबिद र प्राबिधीक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आईतबार सार्वजनीक गरिएको छ । […]

धौलागिरीका अधिकांश योजना सम्पन्न

गोपाल आचार्य/ताकम २३ असार ।   म्याग्दीको धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ […]

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसियाली

सन्तोष गौतम/ विकल्प बगर १३ असार ।म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै दिनको घुमाउरो बाटो […]