धवलागिरी गाउँपालिका

घरदैलोमै नागरिकता र लालपूर्जा पाएपछि गुर्जाली दङ्ग

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १७ गते । म्याग्दीको विकट धबलागिरी गाउँपालिका १ गुर्जामा दुइदिन सम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिवीर बाट गुर्जालीहरु घरदैलोमै नागरिकता र लालपूर्जा पाएका छन् । भौगोलिक विकटता कारण सरकारी सेवाबाट बञ्चित गुर्जालीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा गुर्जामा दुइदिने शिवीरको आयोजना गरिएको हो […]

सरकारी सेवासहितको घुम्ती शिविर गाउँपुगेपछि गुर्जालीहरु उत्साहित

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  जिल्ला सदरमुकाम बेनीमा रहेका सरकारी कार्र्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम धौबलागिरी गाउँपालिका १ गुर्जा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको […]

गुर्जाको गुस्तुङ साउथ हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको गुस्तुङ साउथ हिमालको फ्रेन्च टोलीले सफल आरोण गरेका छन् । ६ जना फ्रेन्च र ३ जना नेपाली गरी नौजनाको टोलीले ७ हजार मिटर भन्दा अग्लो गुस्तुङ हिमालको सफल आरोहण गरेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमाल आरोहण गरेर खुसि हुँदै टोली […]

सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]

गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ

विकल्प न्यूज /बेनी असोज २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका […]

मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज वडा अध्यक्ष धौलागिरी गाउँपालिका ४ मुदी असोज १७ गते । म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ । प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा […]

विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण

विकल्प न्यूज/बेनी असोज १६ गते । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध दुब्र्यसनीका कारण, यसको […]

धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका समितिका […]

धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल

विकल्प न्यूज/बेनी असोज ११ गते । धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका लागि नेपाल टेलिकमसंग माग […]

गूर्जाबासीले गरे बराहको पुजा

विकल्प न्यूज /विकल्प न्यूज असोज २ गते । जिल्लाको धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले बराहको पूजा गरेका छन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन गरेको मनोकामना पूरा भएपछि हरेक बर्ष बली र धजाले पूजा […]

मिडियाकर्मी हितकोषलाई गुर्जाका वडाअध्यक्ष छन्त्यालद्धारा पाँचहजार सहयोग

विकल्प न्यूज/बेनी भर्दाै २९ गते ।म्याग्दी मिडिया सोसाईटीद्धारा स्थापना गरिएको मिडियाकर्मी हितकोषलाई धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले पाँचहजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको छ । सोसाइटीको बेनीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष छन्त्यालले उक्त सहयोग गर्नुभएको हो । दुर्घटना,गम्भीर विरामी र आपतविपतमा परेका पत्रकार एवम् सञ्चारकर्मीहरुलाई अध्यक्षकोषको व्याजबाट सहयोग गर्ने उद्देश्यले सोसाइटीले रु […]

आरोहण खुला गर्न गुर्जालीको माग

विकल्प न्यूज/बेनी भदौ १९ गते । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् । वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो । विसं २०५२ अघिसम्म […]

आरन पेशाबाट राम्रो आम्दानी

ठाकुरप्रसाद आचार्य/विकल्प भदौ १३ गते । धौलागिरि गाउँपालिका २ लुलाङका गोरे विकले पचास वर्ष देखि गाउँमा आरन पेशा गर्दै आउनुभएको छ । आरन पेशाबाट उहाँले दैनिक घरखर्ची चलाउनुका साथै राम्रो आम्दानी पनि गर्नुभएको छ । सुरुमा बालीघरेका रुपमा आरन पेशा गर्दै आउनुभएका विकले अहिले यसलाई व्यवसायिक बनाउनुभएको छ । फलाम, तामा, पित्तललगायतका धातुबाट घरेलु हतियार, […]

गुर्जालीलाई अवसर ः असोज २० मा एकिकृत घुम्तीशिविर

विकल्प न्यूज/बेनी भदौं ५ गते । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्तीशिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक रुपमा विकट गुर्जाका स्थानीयहरुलाई […]