साधन राम्जाली मगर / विकल्प न्युज
बेनी फागुन १ गते । म्याग्दीको दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ । गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झक छन्त्यालले जानकारी दिनुभयो ।
गाउँपालिको २५ हजार रुपैयाँ बढीको आर्थिक सहयोगमा खरिद गरिएको बेर्ना विद्यार्थिहरुलाई निशुल्क वितरण गरिएको हो ।सम्बन्धीत विद्यार्थिहरुको अभिभावकको आर्थिक आय आर्जनमा बृद्धि गर्ने उदेश्य सहित ओखरको बर्ना बितरण गरिएको अध्यक्ष एवम् प्रवक्ता छन्त्यालले बताउनुभयो । सम्बन्धीत विधार्थीको अभिभावकको आय आर्जनमा सघाउ पु¥याउने उदेश्यले ओखरको बेर्ना बितरण गरिएको जानारि दिँदै उहाँले भन्नुभयो विद्यार्थीहरुले पाएको बेर्ना नबचाएमा पाँच सय रुपैयाँ दण्डबापत जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।