विकल्प न्यूज/बेनी
माघ १९ गते । धवलागिरी गाँउपालिकाको आयोजना र गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी सस्था कदम म्याग्दीको सहकार्यमा २०७५ माघ २० देखि २३ गते सम्म गाँउपालिका भित्रका बिद्ध्यालयमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच गरिने भएकोछ।
शुक्रबार गाँउपालिकाको कार्यालय मुनामा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक,शिक्षा संयोजक सबै वडाका स्वास्थ्यकर्मीहरु र गुडनेवर्स ईन्टरनेशनल नेपालको आर्थीक तथा प्राविधिक सहयोगमा कदम र सगम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाका कर्मचारी र परियोजना कार्यान्वयन संस्था कदम म्याग्दीको अध्यक्षको उपस्थीतीमा स्वास्थ्य जाँच अभिमुखिकरण गोष्ठी सम्पन्न भएकोछ।
२८ वटा विद्यालयका बालबालिकाहरुको लागि स्वास्थ्यकर्मीको टोली सम्बन्धीत विद्यालयमा नै पुगेर स्वास्थ्य जाँच गरिनेछ।
स्वास्थ्य जाँचको लागि गाँउपालिका भित्र रहेको ७ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको वडामा रहेको विद्यालयमा पुगेर सेवा दिने गरी कार्य विभाजन गरिएकोछ।
माघ १९ गतेदेखि नै स्वास्थ्यकर्मीहरु परिचालित भै २८ वटा विद्यालयमा अध्ययनरत १९१० छात्रा र १७९१ छात्र गरी जम्मा ३७०१ जना बिद्यार्थीहरुको स्वास्थ्य जाँच हुनेछ। कुल बिद्यार्थी मध्ये १११० जना बालबालिकाहरु गुड नेवर्स ईन्टरनेशनल नेपाल द्वारा स्पोन्सर गरीएका बालबालिका रहेका छन्।
स्वास्थ्य जाँच कार्यमा सहयोगको लागि सम्बन्धीत वडाका जनप्रतिनीधीहरुको सहयोग वडाबाट रहनेछ भने सामुदायीक विकास परियोजना अन्तर्गत सम्बन्धित बिद्ध्यालयका न्ल्क्ष् कार्यक्रम फोकल शिक्षकहरु, सामुदायीक विकास परियोजना व्यवस्थापन समितीका सदस्यहरु र परियोजनामा कार्यरत कर्मचारीहरु परिचालित हुनेछन्। स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुचना र निर्देशन तथा रेकर्डिङ रिपोर्टिङ बारे स्वास्थ्य संयोजक र बिद्ध्यालयमा आवश्यक व्यवस्थापन र सुचना शिक्षा संयोजकबाट गरिएको थियो।
सन् २०१३ देखि धवलागिरी गाँउपालिकाको वडाहरुमा सञ्चालन हुदै आईरहेको सामुदायीक विकास परियोजनाबाट गरिदै आईरहेको बालबालिकाको स्वास्थ्य जाँच कार्यलाई आ।ब। २०७५।७६ देखि गाँउपालिकाले अपनत्व लिएर सहकार्यमा सञ्चालन गर्ने गरीकार्यान्वयन गर्न लागिएको परियोजना कार्यान्वयन संस्था कदम म्याग्दीको जनस्वास्थ सहायक निरमाया मिजारले बताउनु भयो।
गाँउपालिकाको आ।ब। २०७५।७६ देखिबिद्यालयमा अध्ययरत सबै बालबालिकको वर्षको २ पटक अनिवार्य स्वास्थ्य जाँच गर्ने नीति तथा कार्यक्रम ल्याएको छ। यो पहिलो चरणको स्वास्थ्य जाँच भएको र दोस्रो चरणको स्वास्थ्य जाँच जेठ महिनामा गरिनेछ।
गाँउपालीकाको नेतृत्वमा गरिएको नमुना र नयाँ अभ्यास भएकोले सञ्चालनमा सबैको सहयोगको आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृतले बताउनुभयो भने नीति तथा कार्यक्रम अनुसार५ औ गाँउसभाबाट बजेट पारित गर्दै कार्यक्रमलाई अगाडी बढाईएको गाँउपालीका अध्यक्ष थमसरा पुनले बताउनुभयो।
साथै सबै बालबालिकाहरुको स्वास्थ्य जाँचलाई संवेदनशील भएर जाँच गरी बालबालिकामा पहिचान भएका सानो भन्दा सानो समस्याहरुलाई पनि संवेदनशील भएर स्वास्थ्य संस्थाबाट आवश्यक औषधीको व्यवस्था गराउन र रेफर गर्नुपर्ने समस्यालाई पहिचान गरी आवश्यक सिफारिस गर्नको लागि पनि स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो।