ताजा समाचार:
Search

धवलागिरी गाउँपालिका

शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?

विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि  नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र   रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]

धौलागिरि गापाका ३७ वर्षीय संक्रमित युवाको पोखरामा मृत्यु

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ का ३७ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल कलेज पोखरामा सोमबार विहान मृत्यु भएको हो । मृतक पुरुषको २३ गते कोरोना संक्रमण भएको पुष्टि भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

मुदीमा कांग्रेसको संगठन विस्तार

विकल्प न्यूज/बेनी चैत २० गते । नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियानलाई तिव्रता दिएको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । […]

ताकममा नेकपाको सभा

ताकम, १५ फागुन ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्नुहुदै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको अपमान गर्दै संसद बिघटन […]

धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै

विकल्प न्युज म्याग्दी, माघ २० गते । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो । आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावत सहज हुनाका […]

मल्कबाङका पाखाभरी तामाखानी ः वर्षौ देखि प्रयोग विहिन

ठाकुरप्रसाद आचार्य /बेनी माघ २० गते । वर्षौ देखि प्रयोगविहिन भएका धौलागिरि गाउँपालिका ५ मल्कबाङका तामाखानीहरु पुरिन थालेका छन् । करिब एकसय वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरयासी भाडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाडाहरु खरिद गर्नुपर्ने थिएन । तर तत्कालिन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन । […]

म्याग्दीको दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मेनु छन्त्यालको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिका विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा पु¥याइएको हो ।  […]

प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।      गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]

म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

नाउरा पुस १२ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित […]

म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् । धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित […]

धारापानीका खड्कबहादुरको उपचारमा आर्थिक अभाव

विकल्प न्यूज/बेनी मंसिर ११ गते ।  अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारर्थ एक म्याग्देलीले उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि […]

हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक२४गते।          चिसो बढेसँगै धौलागिरी,निलगिरि र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लीदै छ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडाहरु तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् । हिमाली चरनक्षेत्रमा पाइने जटीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत […]

सात महिना देखि मल्कबाङको विद्यालयमा ताल्चा !

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २२ गते । ७ महिना देखि बन्द रहेको श्री जनजागृति मावि । तस्विर ठाकुरप्रसाद आचार्य  म्याग्दीको धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङको एक विद्यालयमा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन । बालबालिकाहरु कहिले स्कुल खुल्ला र पढ्न पाइएला भनेर पर्खी बसेको ७ महिना वितिसक्यो । कोरोना भाइरसको कारण देखाउँदै गाउँको श्री जनजागृति […]

मल्कबाङबाट ठेकेदार वेपत्ता ः स्वास्थ्य चौकीको भवन अलपत्र

विकल्प न्यूज/बेनी कार्तिक २० गते । । धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकीको भवन तिनवर्ष देखि अलपत्र परेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो । भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । २०७४ माघ […]