अन्नपुर्ण गाउँपालिका
प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १४ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा […]
अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनी माघ ११ गते । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा […]
पहिरोको अध्ययन गर्न अन्नपूर्ण पालिकामा उपकरण जडान

विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो । उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्याङ्कले पहिरो जान […]
रघुगंगा बन्यो पुरुष भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ […]
महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण […]
रघुगंगामा धमाधम निर्माण हुँदै तुन्डी पावरका जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २५ गते । अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माणका लागि एक्साभेटरले पहरा काट्दै । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहुघाट नदीमा निर्माणधिन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुन्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट […]
पापी र धर्मात्मा छुट्याउने उकालो

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी,) पुस २५ गते । यही धर्तीमा पापी र धर्मात्मा छुट्याउने उकालो छभन्दा कतिपयलाई पत्यार नलाग्ला तर पत्याउनै कठिन यो उकालो अन्नपूर्ण हिमालको फेदी खयरलेकमा पर्दछ। मयाग्दीको प्रसिद्ध धार्मिक स्थल खयरभारानी पुग्ने करिब चार सयदेखि पाँच सय पाइलासम्मको यात्रा गर्दा पापी वा धर्मात्मा के हो भनेर पहिल्याउने धार्मिक प्रचलन रहेको छ। स्थानीयवासी यो […]
अन्नपूर्णका महिलाहरुलाई नेतृत्व विकास तालिम

प्रताप बानियाँ\विकल्प न्यूज पुस २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिमबाट […]
अन्नपूर्णको दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए

प्रताप बानियाँ/म्याग्दी पुस २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा […]
अक्करे भीरमा सडक बनेपछि लेकगाउँवासीलाई सहज

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १२० गते । बजेट अभावमा वर्षौ देखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ बेंसी देखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत आयोजना भित्रिएसँगै निर्माण भएको छ । सडक निर्माण गर्न गाउँलेहरुले चन्दा सहयोग र जग्गाधनी पुर्जा बैंकमा धितो राखेर रकम जोह गरेर १० वर्ष अघि सडक निर्माण थालेपनि आवश्यक रकम जुटाउँदा […]
यसरी निर्माण भइरहेको छ नारच्याङमा रेले खोला जलविद्युत आयोजना (भिडियो )

विकल्प न्यूज\बेनी पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँमा निर्माणधिन ६ मेगावाट क्षमताको जलविद्यूत आयोजनाको आधा काम सकिएको छ । आयोजनाको बाँधस्थल,पाइपलाइन र विद्युतगृह निर्माण कार्य तिव्रताका साथ भइरहेको छ । एकवर्ष अघि निर्माण थालिएको आयोजना एकवर्षमै पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी असारसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका […]
म्याग्दी मिडिया सोसाईटीद्धारा ७ बुँदे नारच्याङ घोषणपत्र जारी

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दी मिडिया सोसाईटीको छैटौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका […]
बेमौसममा फाइदा लिन नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार […]
पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

विकल्प न्यूज\बेनी पुस १३ गते । म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा […]
सडक फराकिलो बनाएपछि यस्तो देखियो अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर (फोटो)

विकल्प न्यूज/बेनी पुस ९ गते । राष्ट्रिय गौरबको आयोजना मालढुङ्गा –बेनी–जोमसोम कोरला सडक आयोजनाले अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा सडक फरकिलो,दुवै तर्फ नाली निर्माण र ग्राभेल गरेर कालोपत्रेका लागि तयारी गरेको छ । साथै अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित सडकलाई पनि फराकिलो बनाएर चिटिक्क पारिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य