म्याग्दी समाचार

बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज […]

१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ९ गते । बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा […]

जलजला र बागलुङ जोड्न कालीगण्डकी नदीमा ५२३ मिटर लामो झोलुङ्गे पुल

विकल्प न्यूज/बेनी भदौं ७ गते । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच […]

हेम माविमा बन्यो भव्य छात्रावास भवन

विकल्प न्यूज/बेनी भदौं ६ गते । जिल्लाको धवलागिरि गाउँपालिका ७ शिवाङमा रहेको हेम माध्यामिक विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा साढे दुईकरोड रुपियाँ लागतमा छात्रावास भवन निर्माण गरिएको हो । चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रममा छनौंट भएपछि विद्यालयमा छात्रावास भवन निर्माण थालिएको थियो । छात्रावास भवन […]

पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौं ५ गते । (खयरलेक) आजकल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जानथालेका छन् । भएका पाटीपौवा र चौताराहरु नासिदै जान थालेका छन् । केही काम गर्नुप¥यो सरकारको मुख ताक्ने गरिन्छ । तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई यहाँका गाउँलेले जिवित राखेका छन् । आफन्तको संझना तथा […]

एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीमा सञ्चालन भएको एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समुहले हात पारेको छ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवले जितेको हो । शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३का […]

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

विकल्प न्यूज/बेनी भदौं ४ गते । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र व्यवहारले कम्युनिष्ट नभई […]

‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन

विकल्प न्यूज/बेनी साउन ३१ गते । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । बिमोचनका क्रममा जिसस प्रमुख […]

साउन महिनामा गलेश्वरधाममा १८ लाख भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वरधाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मंगलवार कोषले साउन महिनामा भक्तजनहरुबाट दान तथा […]

साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसपालीको साउन महिनामा ५ […]

खयरलेकको सुन्दरता (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी खयरलेक,साउन ३० गते । समुन्द्री सतह देखि करिब चारहजार ७०० मिटर उचाईमा रहेको यो हो खयर ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । […]

जब खोप्रामा आकास खुल्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/खोप्रा साउन ३० गते ।   खोप्रालेकबाट हिमशृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाइँदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खाेप्राबाट संसारलाई नियाल्न पाइयो । आँखै अगाडि खुलेको हिमशृङ्खलाले वातावरणलाई मनोमहक बनाइदिएको छ । हरियाली डाँडापाखा र टलक्क टल्किएका हिमालहरुको लहरले खोप्रा लेक साँच्चिकै सुन्दर देखिएको छ […]

कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

विकल्प न्यूज/बेनी साउन २९ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका […]

बेनी नगरका जनप्रतिनिधिले लिएको दोहोरो सुविधा फिर्ता गर्न अटेरी

ठाकुरप्रसाद आचार्य/बेनी साउन २५ गते । नियम विपरित दोहोरो सुविधा लिएका बेनी नगरपालिकाका तत्कालिन जनप्रतिनिधिहरुले अझैसम्म रकम फिर्ता गर्न मानेका छैनन् । सरकारी कोषबाट निवृत्तिभरण पाउने नगरपालिकाका प्रमुख सहित चारजना जनप्रतिनिधिले ऐन विपरित दुई आर्थिक वर्षको सेवासुविधा वापत लिएको २३ लाख ८८ हजार सातसय ५५ रुपियाँ फिर्ता गर्न आलटाल गर्न अटेरी गरेका हुन । नगरपालिकाले […]

नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजनाको सुरुङ जोडिएको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि […]