म्याग्दी समाचार
मंगलामा सूचना हक सम्बन्धि अन्तरक्रिया

विकल्प न्युज / बेनी पुस २४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा हिजो (सोमबार) सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय […]
बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा पौडेल

विकल्प न्यूज/बेनी पुस २२ गते । बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीको अध्यक्षमा पुनः जमुना पौडेल चयन हुनुभएको छ । संघको आइतबार बेनीमा सम्पन्न १४औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्षमा चन्द्रबहादुर जिसी र सहसचिवमा भगवती मल्ल चयन हुनुभएको छ […]
डाँडाखेतका विद्यार्थीले गरे विद्यालयमा तरकारी उत्पादन

२२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग […]
संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको बेनी स्थित संगिनी वचततथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ शनिबार बेनीमा ११ औं साधारण सभाले पुनःनयाँ कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, […]
बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले […]
बेनी नगरपालिकाले जित्यो नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

म्याग्दी,पुस २१ गते । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ […]
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

विकल्प न्यूज/बेनी पुस २१ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र […]
बेनीमा खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस २० गते । जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीका दुईजना खेलाडीलाई सम्मान गरेको छ । बेनीमा आयोजना गरिएको जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र कराँतेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको हो । शाही म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्ले […]
म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव […]
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी म्याग्दी,पुस २० गते । म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने […]
जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

विकल्प न्यूज/जलजला पुस १९ गते । पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार र मनरुपा बि.क […]
जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १९ गते । पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । […]
मालिकामा थप तीन करोड ३० लाख बजेट विनियोजन

म्याग्दी (दरबाङ), पुस १९ गते । म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपियाँ विभिन्न योजना तथा कार्यक्रमका शीर्षकमा विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको […]
पालिका स्तरीय अस्पताल भवन बनाउने ठेकेदार योजना अलपत्र पारेर गायब

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि ७ ताकममा पाँच र मङ्गला ५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल […]
म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस १९ गते । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको आज (बुधवार) २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो । २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव […]