म्याग्दी समाचार

म्याग्दीका स्थानीय तहमा एक अर्ब ६७ करोड विनियोजन

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ का लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन भएको छ । अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहिलो पटक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिका र पाँच वटा गाउँपालिकाले कुल एक अर्ब ६७ करोड ३५ लाख ५८ […]

बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र […]

बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

विकल्प न्यूज/बेनी साउन ३ गते । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी […]

म्याग्दीका द्वन्द्वपीडितलाई साढे चार करोड राहत वितरण

विकल्प न्यूज/बेनी श्रावण २ गते । म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो ।यसअघि विभिन्न चरणमा रु पाँच […]

मतदाता नामावलीमा नाम छुटेको छ ! दर्ताको फेरी आयो अवसर

विकल्प न्यूज/बेनी असार ३१ गते । फोटो सहितको नामावलीमा कसैको नाम छुटेको छ भने निर्वाचन आयोगले फेरी नाम दर्ताको अवसर ल्याएको छ । आयोगले फोटो सहितको नामावली संकलन सुरु गरेको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । […]

बेनीबजारको एक जुवाघरमा प्रहरीको छापा – जुवाडेहरु भागभाग

विकल्प न्यूज /बेनी असार ३० गते । शुक्रवार बेनीबजारमा रहेको एक जुवाघरमा प्रहरीले छापा मारेको छ । जुवातास खेलाइरहेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका ७ वैंकरोडमा रहेको एकघरमा प्रहरी निरिक्षक दिवाकर घिमिरेको टोलीले दिउसो १ बजेतिर छापा मारेको थियो ।घरको तेस्रो तल्लामा जुवातास खेलीरहेको अवस्थामा एकजना महिला सहित ८ जना प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक […]

अनाथ बालकको शिक्षामा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० असार । एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।लायन्स कल्व अफ बेनी सिटी […]

अन्नपूर्णको बजेट सार्वजनिक – ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/अन्नपूर्ण असार ३० गते । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी आर्थिक बर्षलाई २३ […]

बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख ८६ हजार र […]

धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो ।मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन भएको सार्वजनिक गर्नुभएको थियो […]