बेनीबजारको एक जुवाघरमा प्रहरीको छापा – जुवाडेहरु भागभाग

विकल्प न्यूज /बेनी
असार ३० गते । शुक्रवार बेनीबजारमा रहेको एक जुवाघरमा प्रहरीले छापा मारेको छ । जुवातास खेलाइरहेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका ७ वैंकरोडमा रहेको एकघरमा प्रहरी निरिक्षक दिवाकर घिमिरेको टोलीले दिउसो १ बजेतिर छापा मारेको थियो ।tashघरको तेस्रो तल्लामा जुवातास खेलीरहेको अवस्थामा एकजना महिला सहित ८ जना प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो । नयाँ तरिका प्रयोग गरेर तास खेलेको पाइएको उहाँले बताउनुयभो । तासको खालमा पैसा भेटिएन क्यावइन को प्रयोग गरिएको प्रनाउ खड्काले बताउनुभयो ।
घरको तल्लो तल्लाको च्यानलगेटमा चापी लगाएको र माथि कोठाको ढोकामा पनि चापी लगाएर भित्र व्यवस्थित तरिकाले तास खेलेको पाइएको प्रहरीको भनाई छ ।

प्रहरीले तास खेलाउने मालिका गाउँपालिकाकी पार्वती पुनलाई पक्राउ गरेको छ । पुन व्यवसायिक रुपमा तास खेलाउने गरेको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा केही सरकारी कर्मचारी समेत भएको बताइएको छ ।
छापा मार्न प्रहरी घरभित्र पसेपछि जुवाडेहरु भागभाग गरेको दृश्य निकै रोचक भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । एकजना प्रत्यक्षदर्शीले भने निकै रोचक थियो,प्रहरी आएपछि जुवाडेहरु भागभाग गरेका थिए । केही जुवाडेहरु भाग्न सफल भएको उनीहरुले बताएका छन् ।
पक्राउ परेकाहरुलाई अनुशन्धान गरि आवश्यक कानुनी कारवाही गर्ने प्रहरीले जनाएको छ ।