अनाथ बालकको शिक्षामा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३० असार ।
एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।IMG_0155लायन्स कल्व अफ बेनी सिटी मार्फत चालु शैक्षिक सत्रमा बानियाको पढाईका लागि आवश्यक तिस हजार रुपैया शुक्रबार हस्तान्तरण गरिएको छ । कल्वका अध्यक्ष सुबिन श्रेष्ठको टोलीले बाल संगठनका सभापति नेत्र महत, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतलाई नगद हस्तान्तरण गरिएको थियो ।

कल्वका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षता, बिनिय श्रेष्ठको सञ्चालन र पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । आमाको निधन भएको र बुवाले छाडेर गएपछि अलपत्र अवस्थामा रहेका बालकलाई बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानीयासंगको समन्वयमा बालगृहमा ल्याइएको हो ।