बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।benepa 1बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख ८६ हजार र पुँजीगततर्फ १५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कुल बजेट मध्य एक करोड पाँच लाख ४७ हजार रुपैयाँ आन्तरीक आम्दानी रहेको छ । नगरपालिकाको समग्र पूर्वाधार विकास, नगरबासीको आयस्तर वृद्धी र सुशासनलाई प्राथमिकता दिइएको उपप्रमुख बरुवालले बताउनुभयो ।beni nagarpalikaनगर प्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेनी देखि सबै वडासम्म पक्कि सडक, आधारभुत खानेपानी सुबिधा, डम्पीङ साईट निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, ब्यापार प्रर्वद्धन, कला, संस्कृती र ऐतिहाँसीक स्थलहरुको संरक्षणमा जोड दिइएको बताउनुभयो ।

एकिकृत सम्पत्ती कर लागु गर्ने नितीगत निर्णय गरेको नगरपालीकाले ब्यवसाय, घरभाडा र सवारी करको लागि लगत संकलन गर्ने भएको छ । एक वडा एक उत्पादन, रावण पार्क निर्माण, एक घर एक बिरुवा जस्ता कार्यक्रम सार्वजनीक गरेको छ ।DSC_0718बेनी–पात्लेखेत सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको नगरपालीकाले खेलमैदान, सिचाई कुलो निर्माण, मर्मत, तरकारी र सुन्तला खेती प्रर्वद्धनका लागि सहयोग पुग्ने कार्यक्रम तय गरेको छ ।

नगरपालीका मार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागीता अनीवार्य हुनुपर्ने व्यवस्था गरेको छ । बैङकीङ पहुँच विस्तारका लागि वित्तिय साक्षरता र सहकारी प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जनप्रतिनिधिको नेतृत्व तथा क्षमता विकासका लागि तालीम, प्रशिक्षण र भ्रमणको कार्यक्रम बनाएको छ । कटानको जोखिममा रहेका बस्तीको संरक्षण र क्याम्पसचोकको बाढी नियन्त्रण योजनालाई प्राथमिकता दिइएको छ ।DSC_0700नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, भुसंरक्षण अधिकृत दिवाकर पौडेल र शिक्षा अधिकारी रामकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि विषयगत कार्यालयले स्थानीय तह अन्तरगतनै कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभएको थियो ।

नगर सभामा बेनी नगरपालीकाका दश वटै वडाका अध्यक्ष, नगर कार्यपालीकाका सदस्य र वडा सदस्यहरुबीच बिनियोजित बजेट, निती तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।