म्याग्दी समाचार
बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज असोज ९ गते । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको म्याग्दीका प्रमुख जिल्ला […]
रत्नेचौर युवा क्लबको पुर्नगठन
विकल्प न्यूज/बेनी असोज ८ गते । बेनी नगरपालिका १ मा रहेको रत्नेचौर युवा कल्वको आईतबार पुर्नगठन भएको छ । श्याम रोकाको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा नविन खत्री, सचिवमा प्रकाश महत, सहसचिवमा लवकुश शर्मा, कोषाध्यक्षमा मिनबहादुर रावल रहनुभएको छ । सदस्यहरुमा धान्य बोगटी, राम थापा, सुमन खड्का, भुपेन्द्र थापा, बिशाल नेपाली र रामबहादुर रोका चयन […]
म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के सवासी […]
घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा

सन्तोष गौतम /विकल्प न्यूज असोज ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ । पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा रेष्टुरेन्टको […]
नेविसंघ म्याग्दीको शुभकामना कार्यक्रममा खत्री समुह किन गएन ?
विकल्प न्यूज /बेनी असोज ७ गते । नेविसंघको व्यानर र पार्टीका पदाधिकारी सहित पार्टी कार्यालयमा शनिवार विद्यार्थी नेता एकेन्द्र महतले नेतृत्व गरेको नेविसंघले विजयादशमी तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा निर्मल खत्री कार्यवाहक अध्यक्ष रहेको नेविसंघ सहभागि भएन । महतले नेतृत्व गरेको नेविसंघले आफूहरुलाई कुनै जानकारी नदिइ कार्यक्रम आयोजना गरेको […]
खेलकुद विकास समितिको शुभकामना आदानप्रदान कार्यक्रम
विकल्प न्यूज/बेनी असोज ६ गते ।जिल्ला खेलकुद विकास समिती म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा विजया दशमी तथा दिपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक महत्वका चाडपर्वलाई तडकभडक नगरीकन सभ्य र सुरक्षित रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ कृष्णप्रसाद […]
काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असोज ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ […]
बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असोज म्याग्दीको बेनी नगरपालिकाले सडक स्तरवृद्धिसम्बन्धि योजनालाई प्राथमिकता दिएको छ । बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकाम समेत रहेको बेनी बजारदेखि सबै वडालाई जोड्ने सडकमा बाह्ै महिना यातायात सेवा सञ्चालन हुने बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि नगर क्षेत्रमा भएका कामको […]
म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु
सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो । गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी […]
तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा
सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ । कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको […]
मुक्तिनाथ सहकारीको दशौ साधारणसभा सम्पन्न
सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका […]
राष्ट्रिय माविमा एकल नृत्य प्रतियोगिता तथा बृहत खेलकुद कार्यक्रम

सन्दीप खत्री /बेनी असोज ५ गते । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमक विद्यालयमा जिल्ला स्तरिय अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता तथा बृहछ खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल तथा धौलागिरि बाल क्लबको संयुक्त आयोजनामा सञ्चालित सप्ताह व्यापी खेलकुद कार्यक्रम दर्जन भन्दा बढी विधा खेलहरु सञ्चालन गरिएको थियो । […]
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा तिर्थयात्री अलपत्र

विकल्प न्यूज/बेनी असोज ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ पुगेका तिर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । बुधवार राती देखि परेको वर्षाका कारण सडक खुलाउन थप समस्या भएको छ । डोजरको सहायताले काभ्रेको भिरमा सडक खुलाउने प्रयास गरिदैँ । […]
वौद्ध कपको सेमी फाईनलमा प्रहरी र कालीपुल, वौद्ध र एभरग्रिन भिड्ने
विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीमा जारी धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को सेमीफाईनलमा चार टिम प्रवेश गरेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा क्लब एल्लो र एभरग्रिन युवा क्लब बल्याकबीच सेमीफाईनल हुने भएको हो । बुधबार भएको क्वाटर फाईनलमा जिल्ला […]
लिटिल गार्डेनले मनाएको १४ औ वार्षिक उत्सव र अभिभावक दिवस
विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । निमित्त जिल्ला […]